शान्ता भलिबल ट्रेनिङ्ग सेन्टरको बार्षिकोत्सव भलिबल प्रतियोगिता

पोखरा, ३० बैशाख /सराङ्कोट, भकुण्डेस्थित शान्ता भलिबल ट्रेनिङ्ग सेन्टरले तेस्रो भलिबल टुर्नामेन्ट गरी आफ्नो पहिलो वार्षिकोत्वस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

ट्रेनिङ् सेन्टरका प्रमुख प्रशिक्षण तथा भलिबलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी दिनेश चौधरीको संयोजकत्वमा भएको खेलमा ७ वटा टीमले सहभागिता जनाएका थिए ।

रोचक कुरा के छ भने सहभागि भएका ७ वटै टीमका खेलाडीहरु शान्ता भलिबल ट्रनिक सेन्टरका आफ्नै उत्पादन हुन् । प्रशिक्षक चौधरीले देशले अहिले पनि राम्रा खेलाडीको उत्पादन गर्न नसकेको बताउँनु भयो ।

प्रशिक्षकले चौधरीले भन्नुभयो, मोफसलको चौतारीमा हामीले राम्रा भलिबल खेलाडीहरु उत्पादन गर्न सक्नु छ । भलिबलका थुप्रै राम्रा खेलाडीहरु मोफसलमा लुकेर बसेको अवस्था छ । तिनीहरुलाई हामीले चान्स दिनुपर्छ ।

हामीले लिग चरणको खेलको प्रतियोगिता गरेका हौँ । यो चलन नेपालमा थोरै छ । खेलअवधिभर २१ गेम खेलाईएको थियो । प्रतियोगितामा प्रथम हुने देखि लिएर अन्तिम स्थान हासिल गर्ने समेतले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यो खेलाडीको लागि स्वर्ण अवसर समेत हो । जसले खेलाडीहरुको मनोबललाई थप उर्जा प्रदान गर्ने छ भन्ने कुरामा दुईमत छैन ।

प्रतियोगितामा भकुण्डे युथ क्लब ब्लुले प्रथम स्थान हासिल गर्न सफल भयो भने दोस्रो स्थान पामे युथ क्लब भयो त्यसैगरी भुकण्डे युथ क्लब रेडले तृतीय स्थान हासिल गर्न सफल भयो ।
यस शान्ता भलिबल ट्रेनिङ् सेन्टरले यस अघि पनि पहिलो र दोस्रो गरी २ वटा टुर्नामेण्टहरुलाई सफलतापुर्वक पार लाईसकेको छ भने टुर्नामेन्टलाई निरन्तरता दिने ट्रेनिङ् सेन्टरको दाबी छ ।

यस सेन्टरले निःशुल्क रुपमा प्रशिक्षण दिदै आईरहेको छ भने ३० जना पुरुष र १५ जना महिलाहरुले भलिबलको निरन्तरण् प्रशिक्षण लिईरहेको टे«निङ सेन्टरका अधिकारीहरुले बताएका छन् ।

यस सेन्टरले कक्षा ११ मा अध्ययरत् ५ फिट ९ ईन्चका दोलखा, जिरी घर भएका एसिक नेपालीलाई खाना, बस्न र पढ्न निःशुल्क व्यवस्था गरेको छ भने ६ फिटका सुनिल सुनारलाई निःशुल्क आवासको व्यवस्था गरेको छ अझै ट्रेनिक सेन्टरले ६ फिट भएको विद्यार्थीको खोजी समेत गरेको छ ।

३/४ वर्षभित्रमा राष्ट्रिय खेलाडीको उत्पादन गर्ने र वर्ष २ पटक प्रतियोगिता गर्ने, प्रशिक्षण तालिमको समेत व्यवस्थ गर्ने समेत उद्धेश्यका साथ शान्ता भलिबल टे«निङ् सेन्टर अगाडि बढेको छ ।

कमेन्टहरु
Loading...