पोखरा, १५ मंसिर/संगम क्लबको आयोजनामा हुने छैटौ संगम कप फुटवल प्रतियोगिता पुस १ गते देखी सुरु हुने भएको छ । पुस ५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिता कास्की र अन्य जिल्लाका १६ टिमको सहभागीता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजनले जानकारी दिएको छ ।
पाँच बर्ष देखि संगम कप सेभेन ए सार्ईड फुटवल प्रतियोगिता गर्दै आए पनि यस बर्ष देखि फुटवल खेलको विकासको लागि फुटबल (ईलाभेन ए साईड फुटवल) प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले जानकारी दिए । पोखरामा फुटबल खेलाडीहरु उत्पादन गर्न र फुटवल खेलको अझ राम्रोसंग विकास गराउने उद्धेश्यले पनि आफुहरुले सेभेन ए साईड फुटवलबाट माथि उठेर फुटवल प्रतियोगिता गर्ने जमर्को गरेका उनले प्रष्ट पारे ।
प्रतियोगितामा विजेतालाई एक लाख २५ हजार, उपविजेतालाई ६५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५(५ हजार पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख १० हजार खर्च लाग्ने प्रतियोगिताका संयोजक खेमराज गुरुङले बताए ।
प्रतियोगितालाई सफल पार्न जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखरा लेखनाथ महानगरपालिका कार्यालय, पोखरा लेखनाथ महानगरपाकिला वडा नम्बर १३ को सहयोग तथा संगम एल.जी. एशोसिएशन प्रयोजकको रुपमा रहेको सचिव शिव नेपालीले बताए । प्रतियोगितामा प्याव्सन स्पोर्टस मिटबाट समेत उत्कृष्ट हुने टिमलाई सहभागि गराउने क्लवले जनाएको छ ।