सन्दीपले ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

पोखरा, २७ माघ/नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि बिजयी हुदै बिग बास लिगको सेमिफाइनलमा प्रबेस गरेको छ ।  पहिले ब्याटिङ गरे गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए ।

जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा सिमित भयो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे ।

३.४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चिए । आफ्नो पहिलो ओभरमा टोम कुरानलाई एल्बिडब्लू धरापमा पारेका उनले अर्को पोभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलको हातबाट क्याच आउट गराए । आफ्नो चौथो ओभरको चौथो बलमा लोयड पोपलाई आउट गराएपछि सिड्नी सिक्सर्स अलआउट भयो ।

कमेन्टहरु
Loading...