सहारा एकेडेमीमा क्रिकेट प्रशिक्षक जगत टमटा र पारस खड्का

पोखरा १९, कात्तिक/ नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले पोखरा
महानगरपालिका १७ स्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् ।

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगितामा चितवनबाट कप्तानी सम्हालेका पारस खड्काले सहारा एकेडेमी अवलोकन गरी

पोखरामा फुटवलसंगै क्रिकेटको क्रेज भएको बताउदै क्रिकेट खेलको समेत पोखरा एकेडेमी आवश्यक भएको बताए ।

टोलीलाई क्लवका बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ (सुरज), पुर्व अध्यक्ष द्धय विरभद्र आचार्य र बिक्रम थकालीले एकेडेमीमा स्वागत गर्दै

एकेडेमीको बारेमा जानकारी गराएका हुन। सहारा एकेडेमीमा हाल १३ जिल्लाका २८ जना वालकहरु रहेको महासचिव राम्जी अधिकारीले

बताए । नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिनाले सहारा क्लवले सहारा एकेडेमी संचालन गरी नेपालमै
उदाहरणीय कार्य गरेको बताए ।

 

कमेन्टहरु
Loading...