तेश्रो पुष्पलाल स्मृती व्याडमिण्टन पोखरामा जारी

पोखरा, १३ साउन /पोखरामा रंगशालमा ४० औं पुष्पलाल दिवसको अवसरमा शनिबारदेखि तेश्रो पुष्पलाल स्मृती गण्डकी प्रदेश स्तरिय व्याडमिण्टन प्रतियोगिता जारी रहेको छ । प्रतियोगिता अन्तर्गत आइतबार विभिन्न इभेण्टका प्रि तथा क्वाटर फाइनलका खेलहरु भएका छन् ।

नेपाल राष्ट्रिय बाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की र उद्योग तथा व्यावसायिक महासंघ समन्वय समिति कास्कीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत खुलातर्फ क्वाटरफाइनलमा विशाल बस्नेत र प्रदिप लम्सालको जोडीले सुसिल पौडेल र भूगोल गुरुङ्गको जोडीलाई २–१ को सेटमा पराजित गर्दैै सेमिफाइनलमा स्थान बनाएको छ । त्यसैगरि शम्भु श्रेष्ठ र खेम केसीको जोडीले इच्छे गुरुङ्ग र नरबहादुर गुरुङ्गको जोडीलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नों स्थान सुरक्षित पारेको छ ।

पुष्पलाल ‘ए’ तर्फ सुसिल पौडेल र रबिन गुरुङ्गले विक्रम पुन र नोम गुरुङ्गलाई, दुर्गा बराल र संजिव लाभाजुले खेम केसी र सान आलेलाई, प्रेमबहादुर गुरुङ्ग र शक्ति गुरुङ्गले रेशम आले र पुरुषोत्तम श्रेष्ठलाई तथा सुरेन्द्र हमाल र सन्दिप अधिकारीले बिरेन्द्र कुँवर र प्रदिप लम्सालको जोडीलाई पराजित गरेको छ ।

त्यसैगरि पुष्पलाल ‘बि’तर्फ अमृत पोखरेल र केशब नेपालको जोडीले बविन बागदास र बिरबहादुर आलेलाई, शिव पोखरेल र निराजन थापाको जोडीले कुमार शाही र सञ्जिब गुरुङ्गलाई, नविन गुरुङ्ग र पुजन गुरुङ्गले सन्तोष मिश्र र विकास गुरुङ्गलाई पराजित गरेका छन् । प्रतियोगिताको फाइनल खेल सोमबार हुने प्रतियोगिता संयोजक यदु अधिकारीले जानकारी दिए ।

विजेता खेलाडीहरु क्रमश प्रथमले २० हजार, द्वितियले १५ हजार तथा तृतीयले नगद १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । कुटि रिसोर्ट प्रालि,लेकसाइडले प्रतियोगिताको मुख्य प्रायोजन तथा कास्की जिल्ला ब्याडमिण्टन संघले प्राविधिक सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...