पोखरामा सामुदायिक मावि स्तरिय भलिबल प्रतियोगिता शुरु

पोखरा, ९ माघ/कास्की जिल्ला स्तरीय प्रथम सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटका दिन १२ खेल सम्पन्न भए । प्रतियोगिता अन्तर्गत पहिलो दिन बुधबार छात्रतर्फ ८ र छात्रातर्फ ४ खेल सम्पन्न भएका हुन् । बुधबार भएको छात्रा तर्फको खेलमा जित हात पार्दै बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनल प्रवेश गरेका छन् । बुधबार भएको खेलमा बाल मन्दिर माविले महेन्द्र माविलाई २२–२५, २५–१९ र २५–२० को सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा सुरक्षित गरेको हो । त्यस्तै अर्को खेलमा छोरेपाटन माविले सिद्ध बराह माविलाई २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा पुग्यो ।

बुधबार भएको अर्को खेलमा जनप्रिय माविले कालिका माविलाई २५–७ र २५–६ को सोझो सेटमा तथा तालवाराही माविले गौरीशंकर माविलाई २७–२५ र २५–१४ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे ।

बुधबार भएको छात्रतर्फको खेलमा शारदा माविले सृजना बहिरा आवासीय माविलाई २५–१३ र २५–४ को सोझो सेटमा, बिरेठाँटी माविले ईन्द्र राज्यलक्ष्मी माविलाई १६–२५, २५–१९ र २५–१६ को सेटमा पराजित गर्दै बिजयी भए । यसैगरी शिवशक्ति माविले शान्ता माविलाई २५–१४ र २५–१८ को सोझो सेटमा, महेन्द्र माविले अम्विका माविलाई २५–१६ र २५–१९ को सोझो सेटमा पराजित गर्दै बिजयी भयो ।

त्यस्तै बुधबारै भएको अन्य खेलहरुमा राष्ट्रिय माविले तालवाराही माविलाई २५–१३ र २५–१३ को सोझो सेटमा, सिद्ध बराह माविले शुक्ला गण्डकी माविलाई २५–२१ र २५–१५ को सेटमा, गौरीशंकर माविले जनप्रकाश माविलाई २५–२२ र २५–२१ तथा बहादुरे माविले बाल मन्दिर माविलाई २५–२२ र २५–१७ को सेटमा पराजित गर्दै बिजयी भयो ।

प्रतियोगिता अन्तर्गत विहीबार छात्रतर्फ ८ र छात्रातर्फ २ खेल हुने भएका छन् । विहीबार छात्रातर्फ शान्ता मावि र जनप्रिय मावि तथा सिद्ध मावि र तालबाराही मावि बिच प्रतिष्पर्धा हुनेछ ।

यसैगरी पुरुषतर्फ छोरेपाटन मावि र तालबराही मावि, हिमालय मावि र मेश्रम रबाह मावि, लक्ष्मी मावि र शिवशक्ति मावि, गोगन मावि र महेन्द्र मावि, सिद्ध बराह मावि र शारदा मावि, राष्ट्रिय मावि र गौरीशंकर मावि तथा बहादुरे मावि र भद्रकाली मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

कमेन्टहरु
Loading...