पाउँदुरकोट क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने

पोखरा, १९ पुस /अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुरकोट युवा क्लवको आयोजनामा पुस २७ गतेदेखि माघ १ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक शौचालय निर्माणार्थ क्लबको आयोजनामा छैठौं खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । अन्नपूर्ण २ स्थित माछापुच्छे« माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने क्लवका अध्यक्ष ईश्वर शर्माले बताएका छन् । जसमा प्रथम हुने टिमले ७५ हजार, दोस्रो हुनेले ४५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छ ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका भित्रको सर्वोत्कृष्ठ खेलाडीलाई पाँच हजार ट्रफी, मेडल र प्रमाणपत्र, प्रतियोगिता सर्वोत्कृष्ठ र सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको खेल संयोजक नविन गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...