पोखरा म्याराथनका विजेतालाई ३ लाख रुपैया पुरस्कार

पोखरा, २ पुस /१४ औं सस्करणको पोखरा म्याराथन विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । पोखरा म्याराथनमा विदेशी धावकहरुको सहभागिता र आकर्षण बढाउने उद्देश्यले नेपाल भुतपुर्व खेलाडी मन्च पोखराले पुरस्कार राशी बढाउने तयारी गरेको हो ।

झण्डै दुई महिनापछि आयोजना हुने पोखरा म्याराथनमा गत वर्ष १ लाख रुपैयाँ प्राप्त गरेका थिए । मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले आगामी फागुन ३ गते हुने १४ औं सस्कारणको पोखरा म्याराथनको विदेशी धावकहरु आर्कषण बढाउन पुरुस्कार राशीमा वृद्धि गरिने जनाए । उनले प्रथम, द्वितिय र तृतियलाई क्रमश ३, २ र १ लाख नगद पुरुस्कार दिइने बताए ।

उनले पोखरालाई सिटी म्याराथनको अवधारणा अन्तरगत पोखरालाई म्याराथन सिटीको रुपमा पहिचान गराउन मञ्च गर्दै आएको प्रयासलाई सबैले सहयोग गर्नुपर्ने खाँचो समेत औंल्याए । खेलकुदलाई संयुक्त राष्ट्रसंघले प्रतिपादन गरेको सन २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तीका लागि खेलकूद अपरिहार्य रहेको उल्लेख गरे ।

मञ्चका पदाधिकारीसँगको भेटघाटमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्यूड खेल मैदान निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने बताए । मन्त्री विश्वकर्माले पोखरामा सागमा निर्माण सम्पन्न हुन नसकेका पूर्वाधारहरुसंगै नवौ राष्ट्रिय खेलकूद तयारीका लागि रणनीतिकासाथ पूर्वाधार निर्माणमा जुट्ने बताए ।

उनले पोखरा म्यारथन १४ औं सस्करणमा पुग्नु सबैको मेहनतको प्रतिफल भएको बताए । कठिन परिस्थितिसँग जुझ्दै शुरु भएको पोखरा म्याराथनको ईतिहास गर्विलो रहेको उल्लेख गरे । खेलकूदका अग्रज व्यक्तित्वहरुले गरेको प्रयास भावी पुस्ताका लागि सकारात्मक सन्देश भएको जिकिर समेत गरे ।

कमेन्टहरु
Loading...