पोखरामा फुटबलको ग्रास रुट कार्यक्रम सुरु (भिडियो सहित)

पोखरा, ३० भदौ/ फुटबल विकासको लागि एन्फा कास्कीले ग्रास रुटको फुटबल प्रशिक्षण शुरु गरेको छ ।

कास्कीका विभिन्न विद्यालयमा र क्लबबाट आएका विद्याथीलाई फुटबला प्रशिक्षण दिदै नमूना ग्रास रुट शुरु

गरिएको कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

प्रत्येक विद्यालयमा फुटबलको विकास गर्ने उद्देश्य अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न विद्यालयमा

स्थानीय क्लबको सहयोगमा फुटबल प्रशिक्षण गराउने उद्देश्य कार्यक्रम सञ्चालन गरेको प्रशिक्षक किरण श्रेष्ठले

बताए ।

कार्यक्रमलाई प्रभावकार बनाउने अभियान चलाएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बताए

। ग्रास रुट फुटबल प्रशिक्षणको लागि अखिल नेपाल फुटबल संघले सहयोगी भूमिका खेल्दै आएको छ । ग्रास

रुटको तालिमकै लागि फुटबल मैदान मर्मत सम्भारको लागि एन्फाले ५ लाख रुपैयाँ आर्थिक सहयोग समेत

दिएको छ ।

ग्रास रुट तामिलको उदघाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको मैदानमा बाल

खेलाडीहरुको उपस्थितिले फुटबलको युगमा प्रवेश गरेको अनुभूति भएको बताउँदै आयोजना गर्नु नै सफलता

भएको स्पष्ट पारे ।

कार्यक्रम अन्तर्गत ८ देखि १० वर्ष र ११ देखि १३ वर्षका बाल खेलाडीलाई प्रशिक्षण गराईने अध्यक्ष गुरुङले

जानकारी दिए । ग्रास रुटको नमूना प्रशिक्षण कार्यक्रममा ३५ विद्यालयका करिब ५ सय विद्यार्थीहरु सहभागि थिए

। निकट भविष्यमा केन्द्रीय निर्देशन अनुसार काम गर्ने उनले बताए । कार्यक्रममा अखिल नेपाल फुटबल

संघ(एन्फा) का मानार्थ उपाध्यक्ष क्षितिज पराजुली, कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीले ग्रास

रुटका बारेमा प्रस्ट पारेका थिए ।

पोखरामा फुटबलको ग्रास रुट कार्यक्रम सुरु football pokhara

पोखरामा फुटबलको ग्रास रुट कार्यक्रम सुरु football pokhara

Posted by Ganthan.com on Saturday, September 15, 2018

ओहो ! कति धेरै पोखरा रंगशालमा फुटबल खेल्दै

ओहो ! कति धेरै पोखरा रंगशालमा फुटबल खेल्दै

Posted by Ganthan.com on Saturday, September 15, 2018

कमेन्टहरु
Loading...