पोखरामा कलेज प्रिमियर क्रिकेट लिग शुरु, कुमुदिनी होम्स र पृथ्वीनारायण विजयी

पोखरा, ७ फागुन /अमरसिंह माविमाथि जित हासिल गर्दै कुमुदिनी होम्सले पोखरामा शुरु भएको तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंशगालामा सोमबार भएको उदघाटन खेलमा कुमुदिनी होम्सले अमरसिंहलाई ६६ रनले पराजित गरेको हो ।

चार ओभर तीन मेडन केवल तीन रन र चार विकेट लिदैं म्यान अफ दि म्याच समीर सेनले उत्कृष्ठ प्रदर्शन गरेपछि कुमुदिनी होम्सले अमरसिंह माविलाई ६६ रनले पराजित गरेको थियो । अमरसिंह ११७ रनको लक्ष्य पछ्याईरहँदा केवल ५० रनमा समेटिएको थियो । सुमित जि.टीले पनि ३ विकेट लिदैं अमरसिंहलाई पुरै दबावमा राखे । अमरसिंहले केवल १४ओभर १ बल मात्रै खेल्दै ५० रन जोड्दा उज्वल बरालले दोहोरो अंकको १० रन बाहेक अन्य व्याट्सम्यानले एकोहोरो अंकको मात्रै रन जोडे ।

टस जितेर व्याटिङमा उत्रिएको कुमुदिनी होम्सले पाँच विकेटको क्षतिमा ११६ रन बनाएको थियो । शाहिल कार्कीले ३० रनको योगदान महत्वपूर्ण रह्यो । ईशान श्रेष्ठले २४ र मुस्कान थापाले भने २५ रनको योगदान दिएका थिए । दिपेश खड्काले दुई विकेट लिए । यु—१६ का राष्ट्रिय खेलाडी समीर सेनलाई नेपाली राष्ट्रिय क्रिकेटका टोलीका सदस्य करण केसीले म्यान अफ दि म्याचको पदक लगाई दिए ।

यसैगरी अर्को खेलमा पृथ्वीनारायण क्याम्पसले सात विकेटले जित निकाल्यो । जनप्रिय बहुमुखी क्याम्पसले टस जितेर व्याटिङ गर्दै ९५ रन जोड्यो । प्रज्वल दाहालले ३४ र ईश्वर क्षत्रीले २३ रन जोडे । पृथ्वीनारायण क्याम्पसका दिपक कुँवरले चार विकेट लिए । विष्णुप्रसाद शर्माले ३ विकेट लिएका थिए । ९६ रनको लक्ष्य पछ्याएको पृथ्वीनारायण क्याम्पसले तीनविकेटको क्षतिमा पुरा ग¥यो । म्यान अफ दि म्याच दिपक कुँवरले २३ रन हिर्काए ।

सुमन घिमिरेले १५ रनको योगदान दिए । पक्सपर्टले पोखरामा गतवर्ष विद्यालयस्तरीय टी—२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा गण्डकी आवासिय विद्यालय, ग्यालेक्सी उच्चमावि, स्याङजा उच्चमावि, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, पोखरा विश्वविद्यालय,सत्यवती उच्चमाविको सहभागिता रहेको छ । प्रतियोगिताको उदघाटन कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले गरे ।

कमेन्टहरु
Loading...