प्याबसन स्पोर्टस मिटः भलिबल, एथ्लेटिक्स, टेबुल टेनिस र जुनियर फुटबलका खेल सम्पन्न

पोखरा, ५ पुस । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत भलिबल, एथ्लेटिक्स, टेबुल टेनिस र जुनियर तर्फ फुटबल फाइनलका खेल सम्पन्न भएकाछन ।

भलिबल

प्याबसन स्पोर्टस मिट छात्रतर्फको भलिबलमा निलगिरी बोर्डिङ विजेता बनेको छ । शुक्रबार सम्पन्न फाइनलमा रेन्बो एकेडेमीलाई २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्दै निलगिरीले बिजेता भएको हो । आजै सम्पन्न सेमीफाइनलमा निलगिरीले डायमण्डलाई र रेन्बोले सवलाइमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

तेश्रो स्थानका लागि भएको खेलमा डायमण्डले सबलाइमलाई २५–१७, २३–२५ र २९–२७ को सेटमा पराजित गरेको छ । छात्र तर्फको निलगिरीका अमिर राना उत्कृष्ट खेलाडी घोषित भए । यता छात्रातर्फका फाइनलमा टप्स माबीले हिलपोइन्टलाई २५–०४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै विजेता भएको छ । यस अघि सम्पन्न सेमीफाइनलमा टप्सले नेपाल आर्दश र हिल पोइन्टले डायमण्डलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

नेपाल आर्दशले तेश्रो स्थानमा प्राप्त गरेको छ । उसले डायमण्डलाई ११–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गरेको हो । छात्रा तर्फ टप्सकी सम्पदा गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन ।
छात्र भलिबलतर्फ २४ विद्यालय र छात्रा तर्फ १७ विद्यालयको सहभागिता रहेको थियो ।

एथ्लेटिक्स

पोखरा रंगशालामा एथ्लेटिक्सतर्फ ट्रयाक एण्ड फिल्डका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन । सम्पन्न १५०० मिटर छात्र दौडमा शान्ती निकुञ्जका रेक बहादुर राना प्रथम भए । यसै गरि विद्या निकेतनका सन्देश ढकाल र शिसु निकेतनका सुगम थापा क्रमश द्वितिय र तृतिय भए ।
लङ्ग जम्प छात्रातर्फ ग्लोबलका सदिक्षा तिमिल्सिना प्रचम भइन । सगरमाथाकी सुप्रिया केसी द्वितिय र स्नो भ्यूकी पार्वती श्रेष्ठ तृतिय भइन । छात्र लङ्ग जम्पतर्फ ढुङेसाँघुका प्रविन राना मगर प्रथम, नेपाल आर्दशका सम्पूर्ण भूजेल द्वितिय र भाष्कर मेमोरियलका निर्दोष सुबेदी तृतिय भए ।

सम्पन्न भएका अन्य खेल मध्ये छात्रा २०० मिटर दौडमा बाल कल्याणकी श्रृष्टी तामाङ प्रथम, टप्सकी एमी गुरुङ द्वितिय र बेसलाइनकी बर्षा राना तृतिय भइन । सोही दौडको छात्र तर्फ टप्सका अशिष राना प्रथम भएका छन भने फिसटेलका रितिक शाह द्वितिय र बेथानीका निश्चल घिमिरे तृतिय भए ।

टेबुल टेनिस

अन्य खेलहरु संगै पोखरा रंगशालामा टेबुल टेनिसका खेलका सम्पूर्ण इभेन्टहरु सम्पन्न भएका छन । प्याबसन कास्कीका अनुसार स्टेप बाई स्टेपका सुलभ केसी प्रथम भएका छन भने ग्लोबलका बिपिन खत्री द्वितिय र मदरल्यण्डका सन्दिप राउत र सृजनाका प्रवेश बानियाले तृतिय स्थान हासिल गरे ।
छात्र सिंगल्सतर्फ टप्सकी ममता कुमारी डगौंरा प्रथम भइन भने नेशनल इन्भेन्टिभकी प्रिया गुरुङ द्वितिय तथा डायमण्डकी अंकिता गुरुङ र ढुङे साँघुकी रेजिना मल्लले तेश्रो स्थान प्राप्त गरे ।

यसै गरि छात्रा डबल्सतर्फ स्टेप बाई स्टेपका सुलभ केसी र डम्बर बहादुर मल्लको जोडी प्रथम भएको छ भने डायमण्डका सन्चन श्रेष्ठ र शुसिल क्षेत्रीको जोडी द्वितिय तथा ग्लोबलका बिबेक तामाङ र लुइस तामाङको जोडी र शिसु निकेतनका समय बराल र एलेन गुरुङको जोडी तृतिय भएका छन ।

छात्रा टेनिस डवल्सतर्फ डायमण्डका अंकिता गुरुङ र अनुष्का गौतमको जोडी प्रथम भएको छ । यसै गरि नेशनल इन्भेन्टिभका अमिता तामाङ र पृया गुरुङको जोडी द्वितिय तथा मदरल्याण्डका तानिया रंजिता र अनुष्का भट्टराई तथा लिटिल स्टेपका समिरा बिक र सिमरन बिक तृतिय भएका छन ।

फुटबल

छात्र जुनियरतर्फको फाइनलमा नेपाल आर्दशले प्रगतीलाई ६–० गोलले विजयी भएको छ । सम्पन्न खेल आर्दशका लागि कृष्टन गुरुङ एक्लैले चार गोल गरेका थिए । छात्र जुनियर फुटबलमा तेश्रो स्थान शान्तीदिप बोर्डिङले प्राप्त गरेको छ । ग्लोबललाई ५–१ गोल अन्तरले पराजित गर्दै शान्तीदिपले तेश्रो स्थान प्राप्त गरेको हो । शान्तीदिपका सुदिप सुनारले २, योगेश परियार, अनुज तिमिल्सिना, र प्रदिप मगरले समान १–१ गोल गरे ।

यता सिनियर तर्फको फुटबल फाइनलमा नोभल एकेडेमीले हार्वडलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फुटबलको फाइनल खेल शनिबार पोखरा रंगशालामा हुनेछ ।
बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टसमा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूद इभेन्टहरुमा सहभागिता जनाएका छन ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...