१५ औं प्याब्सन मिटमा फुटवल खेल जारी

मंसिर ९ पोखरा/निजी विद्यलायहरुको छाता कास्की प्याव्सनले आयोजना गरेको १५ औं संस्करणको प्याव्सन मिट अन्र्तगत शनिवार सिनियर र जुनियर तर्फको फुटबल खेलहरु जारी रहेका छन । भण्डार ढिकको रंगशाला र नेपाल आर्दशको खेल मैदानमा जुनियर तर्फका खेलहरु र हेम्जाको विष्णुपादुका तथा गौरिशंकर मावीको खेल मैदानमा सिनियरका नकआउट चरणका खेलहरु आयोजना गरिएको छ ।जस अन्र्तगत शनिवार सम्पन्न भएको सिनियर तर्फको खेलमा रेन्वो एकाडेमीले निलगिरीलाई ४–२ ले, भ्यु पोइन्टले नभदिपलाई २–० ले, डायनामिक वोर्डिङ्गले गोल्डेन फ्युचरलाई ४–३ ले, न्यू लाइटले वेथानीलाई ५–४ ल,े हिमालयनले सृजना वोर्डिङ्गलाई ४–३ र पास्कल ले शान्ति निकेतनलाई ४–३ गोल अन्तरले पराजित गरेका थिए ।

सिनियर तर्फकै खेलमा ज्ञानुबाबाले मनकामना वोर्डिङ्गलाई १–० गोलले, हिल पोइन्टले सन फ्लावरलाई ४–० ले, फिसटेलले भानुभक्तलाई १–० ले र पश्चिमाञ्चलले गुरुकुललाई ३–२ गोल अन्तरले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेका छन ।त्यस्तै जुनियर तर्फको खेलमा नेपाल आर्दशले ज्ञानुबाबालाई ७–० ले,े स्नो भ्यूले सवलाइम वोर्डिङ्गलाई २–१ ले, बाल प्रभातले बालोदयलाई ३–२ ले बेसलाइनले गोल्डेन फ्युचरलाई ३–२ ले शान्तीदिपले भाष्कर मेमोरियललाई २–० गोल अन्तरले पराजित गरेका छन् । त्यस्तै जुनियर तर्फ नै ताराकुञ्जले सन फ्लावरलाई ८–० ले न्यू ऐराले टप्सलाई २–० ले, मेरी गोल्डले विद्यानिकेतनलाई ४–० ले, रेन्वोले ग्लोवललाई ४–० ले र निलगीरीले शिसु निकेतनलाई ३–१ गोल अन्तरले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेका छन ।

जुनियर तर्फको खेलमानै धौलागिरी हिलपोइन्ट टाइव्रेकरको अधारमा विजयी भएका छन । धौलागिरीले पिकेजी वोर्डिङ्ग ५ का विरुद्ध ४ गोल र हिल पोइन्ट शिसुकल्याणलाई ३ का विरुद्ध १ गोल अन्तरले पराजित गरे । फुटबलका सेमीफाइनल र फाइनल खेलहरु भने पोखरा रंगशालामा सम्पन्न गरिने प्यब्सनका सचिव मथुरा पौडेलले जानकारी दिए । पौडेलका अनुसार जुनियर फुटबल तर्फ ४८ र सिनयर तर्फ ७२ विद्यालयका टिम प्रतिष्पर्धा गरिरहेका छन ।

प्याब्सनमिट अन्र्तगत प्याब्सन कास्की अन्र्तगतका कुल ८४ व्रिद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा करिव ६ हजार विद्यार्थीहरुको सहभागिता रहेको प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले वताए । प्याब्सनमिटमा फुटवल जुनियर सिनियर, भलिवल छात्र–छात्रा, टेवल टेनिस सिंगल्स् डवल्स र एथलेटिक्स तर्फ ट्रयाक एण्ड फिल्ड तर्फका सम्पुर्ण खेलहरु हुनेछन । ट्रयाक एण्ड फिल्डमा छात्र–छात्रा १ सय, २ सय ८ सय र १५ सय मिटरको दौडका साथै ४ सय मिटरको रिले दौड, लङ्ग जम्प, हाइ जम्प र ट्रिपल जम्पका खेलहरु समावेश गरिएको १५ औ प्याब्सन मिटका संयोजक एवम प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले बताए । मंसिर १३ गते पोखरा रंगशालामा नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मीले १५ औं प्याब्सन मिटको औपचारिक उद्घाटन गर्ने भएका छन । प्रतियोगिता मंसिर १७ गते सम्पन्न हुने संयोजक गौतमले जानकारी दिए ।

कमेन्टहरु
Loading...