न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल तयारी पुरा

फाइल तस्बिर

काठमाडौं, २० पुस /न्युडायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको खेल स्थल भने परिर्वतन भएको छ । प्रतियोगिता संयोजक कुमार राईले भने–हामीले प्रावीधिक कारणले खेल स्थल आफ्रनै स्कुल न्युडायमण्डमा सारेका छौ।। यसले अझ प्रतियोगिताको गरिमालाई उच्च बनाएको छ ।

लिग कम नकआउटका आधारमा पुस २५ देखि २८ सम्म संचालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक बिजेता न्यु डायमण्ड र चितवन टाईगे्रस समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन् । त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।

प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउनेछन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार संघका अध्यक्ष मनोरन्जन रमण शर्माले २५ हजार संघका महासचिव जितेन्द्र बहादुर चन्दले १० हजार सहयोगको घोषणा गरेका छन । त्यस्तै सेन्चरी कमर्सियल बैंकले ब्यक्तिगत बिद्याका सम्पूर्ण उत्कृष्टले प्राप्त गर्ने पुरस्कारको रकम प्रायोजन गर्ने भएको छ ।

कमेन्टहरु
Loading...