नेपालले भुटानलाई ४-० गोलले हरायो, सेमिफाइनल आशा जिवितै

पोखरा, २१ भदौ / बंगलादेशको बंगबन्धु रंगशालामा जारी साफ च्याम्पियनसिप २०१८ मा आज भएको खेलमा

भुटानलाई फराकिलो अन्तरमा हराउँदै नेपालले सेमिफाइनल यात्रा जिवितै राखेको छ । नेपालले भुटानलाई ४ -०

को फराकिलो अन्तरले हराएको हो । नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन

खड्काले १/ १ गोलको योगदान दिए । पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप तीन गोल

गर्दै अन्तरलाई फराकीलो बनाएको हो ।

खेलको २१ औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए । सुनील बलको कर्नरमा

अनन्तले हेडर गर्दै गोल गरे । दोस्रो हाफको ७० औं मिनेटमा पाएको पेनाल्टी बिमल घर्तीमगरले मिस गरेका थिए

। बिमलको पेनाल्टी प्रहार किपरबाट फर्किएपछि सुनिलले ७१ औं मिनेटमा त्यसलाई गोलको दिशा दिएका थिए ।

निराजन खड्कालाई भुटानी खेलाडी निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको

थियो । विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यही रिबाउन्डमा सुनिलले गोल गरेका थिए ।

७१ औं मिनेटपछि निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी

समिति भएको थियो ।

खेलको ७६ औं मिनेटमा मैदान छिरेका भरत खवासले त्यसको ३ मिनेटमै नेपालका लागि तेस्रो गोल गरे । ८८ औं

मिनेटमा निराजन खड्काले चौथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए । सुनिलको कर्नरमा

नीराजनले हेड गरेका थिए । नीराजन विशाल राईको ठाँउमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

आजै हुने अर्को खेलमा पहिलो खेल जितेका दुई टोली आयोजक बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। त्यो

खेलको नतिजाले पनि नेपालको अघिल्लो चरणको यात्रामा प्रभाव पार्नेछ।

आजको जितसँगै समूह ए रहेको नेपाल ३ अंकसहित शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा पाकिस्तानसँग

पराजित नेपालले अब समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ।

कमेन्टहरु
Loading...