सफल कपको पहिलो क्वाटरफाईनलमा मनाङ र जावलाखेल भिड्दै

सागर राज तिमिल्सिना
पोखरा ९ कार्तिक/सफल पोखरा कपमा आजबाट क्वाटर फाईनलका खेल शुरु हुदै छन् । पहिलो क्वाटरफाईनलमा मनाङ मस्र्याङदी क्लब र जावलाखेल युथ क्लब भिड्दै छन् । पहिलो चरणमा फ्रेण्ड्स क्लबलाई हराउदै अन्तिम आठमा आईपुगेको जाउलाखेलले डिफेन्डीङ्ग च्याम्पीयन मनाङ्ग मस्र्याङदी क्लबले सामना गर्ने छ ।

अन्तिम चारको लागि हुने यी दुई क्लब बिचको खेल पोखरा रंगशालामा हुने छ । मनाङ राष्ट्रिय टिमका समेत कप्तान सागर थापाको कप्तानीमा भरपर्दा खेलाडि अनिल गुरुङ, शिब श्रेष्ठ, सुजल श्रेष्ठ लगायतको मैदान उत्रदैछ ।

जावलाखेलका पहिलो रोजाईका गोररक्षक बिकास कटुवाल फ्रेण्ड्ससंगको उद्घाटन खेलमा घाईते भएपछि आज खेल्न सक्ने छैनन् । अघिल्लो खेलमा रोतो कार्ड पाएका अजय थापामगर आजको खेलबाट बन्चित हुनेछन् । हिजोको खेलमा यु १६ को नेपाली राष्ट्रिय टोलीलाई ३ शुन्यले पछि पादै हङकङ नेप्लीज टिम क्वाट फाइनलमा प्रबेश गरेको छ ।

कमेन्टहरु
Loading...