एनसेल कपमा मनाङ र थ्रीस्टारको विजयी सुरुवात

काठमाडौ, १८ मंसिर/काठमाडौ जारी एनसेल कप फुटबलमा डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीसँगै थ्रीस्टारले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको आफ्नो पहिलो खेलमा ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारले शसस्त्र प्रहरीको एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
थ्रीस्टारले २१ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटमा नै एपीएफका रन्जन विष्टले बराबरी गोल फर्काए । ७० औं मिनेटमा प्रकाशले व्यक्तिगत दोस्रो गोल गरे अर्को खेलमा मनाङले ब्वाइज युनियनलाई १-० गोलअन्तरले पराजित गरेको छ । मनाङको जितमा १२ औं मिनेटमा अनिल गुरुङले गरेको गोल नै निर्णायक बन्यो ।

कमेन्टहरु
Loading...