मिलिजुली कप ब्याडमिण्टन उपाधी उपेन्द्र र छबी जोडीलाई

पोखरा, ११ साउन/ पोखराको बगालेटोलस्थित सोपाल तमु समाजमा शनिबार आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधी उपेन्द्र श्रेष्ठ र छबी सुवेदीको जोडीले जितेको छ ।

फाइनल खेलमा शिव सर्मा र अम्मर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले सो उपाधी जितेको हो । प्रतियोगितामा नारायणहरी तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दिपक मुल्मी र सुरेश श्रेष्ठको जोडीले तृतीय स्थान हाँसिल ग¥यो ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका साँसद कृष्ण थापाले एक समारोहका विच ट्रफि, मेडलले पुरस्कृत गरे । पुरस्कार प्रदान गर्दै साँसद थापाले स्वस्थ्य नागरिक उत्पादन र अनुशासित समाज निर्माणका लागि यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

सोपाल तमु समाजमा नियमित रुपमा ब्याडमिण्टन खेल्दै आएका खेलाडीहरुको विभिन्न २२ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

खेलाडीविच भाइचारा अभिबृद्धिका लागि बेलाबखत मिलिजुली कप आयोजना हुँदै आएको प्रतियोगिता संयोजक ठाकुर सिग्देलले जानकारी दिए ।

खेलाडी समेत रहेका सञ्जिबहादुर कोइरालाको सभाध्यक्षमा सम्पन्न समारोह अर्का खेलाडी विजय साहीले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...