सेभेन ए साइडमा मेरो नेपालको २ टिम बाहिरीयो

पोखरा, ७ कात्तिक/ मेरो नेपाल युवा क्लबले आयोजना गरेको पोखरा १४ मझेरीपाटन स्थित रामेश्वरि खेल मैदानमा जारी पाचौ मेरो नेपाल सेभेन ए साइड फुटबल प्रतियोगिताबाट अयोजकको २ टिम बाहिरिएको छ ।

बिहीबार भएको पहिलो प्री क्वाटरफाइनल खेलमा शिव मार्गले आयोजक मेरो नेपाल क्लब बि लाई १–० गोलले हराउदै अधिल्लो चरण्मा प्रवेश गरेको हो । चाउथेको जितमा अजिफत गुरुङले दुई तथा जीवन गुरुङले एक गोल गरेका थिए । खेलको म्यान अफ कदि फ्गम्याच चाउथेका अजित गुरुङ घोषित भए ।

पाचौ खेलमा भने आयोजक मेरो नेपाल निलो ले सन्तोष एफसी लाई ५–१ को भारी गोल अन्तरले पाखा लगाउदै अन्तिम आठमा प्रवेश गरेको छ । आयोजक निलोको लागि सुनिल वि.क,गोविन थापा, विजय श्रेष्ठ, हेमन्त तामाङ र प्रज्वल गुरुङले समान एक एक गोल गरेका थिए भने सन्तोषका लागि प्रविन क्षेत्रीले सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच आयोजक मेरो नेपाल निलोका हेमन्त तामाङ घोषित भए ।

अत्यन्तै प्रतिस्पर्धात्मक तेस्रो खेलमा एम १२ ले मनोहर बि फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउदै अन्तिम आठ्मा आफ्नो स्थान पक्का गरेकको हो । खेल एक एक गोलको बराबरीमा रोकिएपछि खेल टाइवब्रेकरमा धकेलिएको हो । एम १२ का मनोज गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

चौथो खेलमा संगम एफसीले चैट चैट चैट एफसीलाइ ४–२ को फराकिलो गोलले हराउदै अन्तिम आठमा प्रवेश गरेको हो । संगमको जितमा टंक गुरुङले दुई तथा बेल प्रसाद गुरुङ र समीर कार्कीले समान एक एक गोल गरे । त्यस्तै चैट चैट चैटको लागि मिसन दर्लामी र जीवन थापाले एक एक गोल गरे । संगमका समीर कार्की खेलको म्यान अफ दि म्याच घोषित भए ।

छौटौ खेलमा मिलन टोलले बौद्ध शान्ती सेतो लाई २–१ गोलले हराउदै क्वाटरफाइनल प्रवेश गरेको हो । मिलन टोलको लागि लक्ष्मण गुरुङले गरेका थिए उनि खेलको म्यान अफ दि म्याच घोषित भए । भने बौद्धको लागि सुमित श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए ।

त्यस्तै सातौ खेलमा आर.के.टि. ले एम १४ लाई ३–० को फराकिलो गोल अन्तरले पाखा लगायो आर.के.टि को जितमा नारन के.सि ले दुई गोल गरे भने अनिल गुरुङले एक गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच आर.के टि का नारन के.सि घोषित भए ।

बिहिबार भएको अन्तिम खेल एलजी एशोसिएसन र योङस्टार क्लब बिच भएको थियो । उक्त खेलमा ३–१ गोलको अन्तर पादै एलजी एशोसिन अघिल्लो चरणमा प्रवेश गरेको छ । भने शुक्रबारको पहिलो खेल शुभकामना फुटबल क्लब र चाउथे फुटबल क्ब विच हुने प्रचार प्रसार संयोजक पृथ्वी कुवँरले जानकारी दिए ।

प्रतियोगिताका विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०÷१० हजार प्रदान गरिनेछ ।

अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक योगेन्द्र कुँवरले जानकारी दिए । प्रतियोगितामा ११ लाख खर्च र २५ लाख बचत हुने अनुमान गरिएको क्लबका अध्यक्ष दिवस कँुवरले बताए ।

कमेन्टहरु
Loading...