६ औं मनकामना कप माघ १५ देखि

पोखरा, १७ पुस
छैठौं ‘मनकामना केबुलकार पोखरा कप – २०७५’ माघ १५ गतेदेखि सुरु हुने भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा अन्र्तराष्ट्रिय फुटबल’ प्रतियोगिता हुने भएको हो । पोखरा रंगशालामा यहि माघ १५ देखि सुरु हुने खेल २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीको जमघट गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको फुटबल संघका अध्यक्ष मिलन गुरुङले बताए । ‘प्रतियोगितामा ८ ए डिभिजन आयोजक र ३ विदेशी टिम सहित १२ टिमको सहभागिता रहने छ,’ उनले भने, ‘गत वर्ष नेपालका उत्कृष्ट ९ टिम, आयोजक र २ विदेशी टिमले प्रतिस्पर्धा गरेका थिए ।’
गत वर्षको तुलनामा पुरस्कार राशीमा बृद्धि गरिएको आयोजकको भनाई छ । बिजेता टिमलाई नगद ७ लाख ५५ हजार र उपबिजेतालाई नगद ४ लाख ५ हजार ५ सय ५५ कप, मेडल र प्रमाणपत्र पाउँने छन् ।
उत्कृष्ट बाहेक अन्य ५ विधाका खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र मोटरसाइकल दिने आयोजकको भनाई छ ।
यसैगरि प्रतियोगितामा टिकटदर पहिलो चरणको लागि १ सय रुपैयाँ र दोस्रो चरणका खेलहरुको लागि १ सय ५० रुपैयाँ लाग्नेछ । १ करोड १७ लाख अनुमानित खर्च रहेको प्रतियोगिताको आम्दानी १ करोड २८ लाख ५० हजार रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...