माछापुच्छे क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई २० रन हरायो

पोखरा, वैशाख २९/कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजनमा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भईरहेको कास्की जिल्ला क्लबस्तरीय क्रिकेट लिगको आईतबारको खेलमा माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई २० रनले पराजित गरेको छ ।

टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े क्रिकेट क्लबले २५ ओभर पुरै खेल्ने क्रममा सवै विकेट गुमाई १५१ रन बनायो । ओपनिङ गरेका कप्तान दिपेश खत्रीले १६ बलमा २३ हिर्काउँदै गतिलो शुरुवात गर्न खोजे । उनले अनुभवी खेलाडी शिव सुवेदीको बलिङमा चार चौका हिर्काए । खत्रीले एक छक्का समेत ठोक्दै सांग्रिलामाथि दबाव सृजना गरे ।

अमृत गुरुङले ४२ बलमा ४० रन बनाए । महेश रेग्मीले पनि २२ बलमा २४ रनको योगदान दिए । उनको इनिङमा चार चौका लेखियो । बलिङ तर्फ सुदिप पौडेलले ५ ओभरमा २९ रन दिदैं ३ विकेट लिए । जोय शर्माले पनि ५ ओभरमा ३५ रन खर्चिएर ३ विकेट नै लिए ।

१५२ रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो । कप्तान विपिन खत्रीले ३० रन बनाए । ओपनर विराट दवाडीले २० रन बनाई बोल्ड भएपछि अन्य व्याट्सम्यान सस्तैमा समेटिए । अतिरिक्त रन पनि व्याटबाट निस्किएको बराबर ३० रन पाए ।

तर पनि जितको सम्भावनाबाट भने सांग्रिला निकै टाढा रह्यो । माछापुच्छ«ेका कप्तान दिपेश खत्रीले ३ र कृष्ण बास्तोलाले ३ विकेट लिए । खेलमा दिपेश खत्री पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । उनलाई क्रिकेट क्षेत्र नं ८, का सदस्य ऋषिराम गौतमले ट्रफी प्रदान गरे ।

कमेन्टहरु
Loading...