एलजीकपका लिग चरणका खेल सम्पन्न

पोखरा, २७ चैत/लालिगुरास युबा क्लब द्वारा पोखरामा जारी एलजी कप दोश्रो सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४ को लिग चरणका खेलहरु सम्पन्न भएका छन ।

सोमबार सम्पन्न खेल बाट डोब्रे फुटबल क्लब, लालिगुरास रातो, एल जी व्ल्याक, बि थर्टिन, संगम युबा क्लब, काजी पोखरी, बुढी बजार युबा कलब, र तारा युबा क्लबले जित हासिल गरेका छन ।

आजको खेलमा आयोजक क्लब एलजी रातोले मिलन टोललाई ४–० गोलले पराजित गर्यो । त्यसै गरि डोब्रेले ब्रर्दश एफसीलाई १–० गोलले एलजी ब्ल्याकले मर्दी एफसीलाई ३–० ले, बि थर्टिनले बि ले नागिन टोलले २–१ ले संगमले गलेश्वर एफसीलाई २–० ले काजी पोखरीले लोकसाइडलाई १–० ले र बुढी बजार बिष्णु पादुकालाई १–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन । ढुंगे बेशीले वाक ओभर दिंदा तारा एफसी बिजयी बन्यो ।

नयाँ बर्षको दिन बैशाख १ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८० हजार, तेश्रोले ५० र चौथोले १० हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुमन गुरुङ्गले जानकारी दिए । प्रतियोगितालाई हिमा अस कन्सलटेन्सीले मुख्य प्रायोजन गरेको छ ।

कमेन्टहरु
Loading...