क्योकुशिन कान कराँतेमा आकर्षण, तीन हलमा पेटीसँगै दिए खेलाडीले लिखित परीक्षा

पोखरा, ११ साउन / क्योकुशिन कान कराँतेका खेलाडी बढ्दै गएका छन् । डोजो पनि फैलिदैं गएको छ । त्यसको प्रत्यक्ष अनुभूतिलाई शनिबार भएको पेटी परीक्षाले प्रष्ट्याईदिएको छ ।

विभिन्न डोजोका झण्डै दुई सय खेलाडीले रंगशालाका तीन वटा हलमा छु्ट्टा छुट्टै रुपमा परीक्षा लिईयो । खेलाडीले खेल्नको लागि केवल शारीरिक अभ्यास मात्रै नभई मानसिक रुपमा तयार हुनुपर्छ भन्ने भावना समेत जगाईयो । सबै खेलाडीले परीक्षा नै दिए । प्रश्नको उत्तर दिदैं आफनो कराँतेको बारेमा पूर्ण जानकारी लिने अवसरको समेत खेलाडी लिए ।

विगतमा खेलाडीले पेटी परीक्षामा आधारभूत तालिमसँगै काता र फाईट हुन्थ्यो । तर अहिले भने खेलाडीले त्यो बाहेक लिखित रुपमै परीक्षा दिए । लेखनाथ क्षेत्र, पृथ्वीनारायण क्याम्पस, बागमारा, रंगाशाला लगायतका डोजोहरुबाट विभिन्न पेटीका खेलाडीहरु उपस्थित भएका थिए ।

कराँतेका पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदारको निर्देशनमा खेलाडीले पेटी परीक्षा दिएका थिए । ब्राउन(खैरो) पेटीदेखि सेतो (ह्वाईट) पेटीका परीक्षार्थले एकै प्रकृतिको प्रश्नपत्र पाएका थिए ।

आठौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको थियो कराँतेले । त्यसमा दुई स्वर्ण र दुई रजत क्योकुशिन कान कराँतेको पोल्टामा परेको थियो । यसले पनि कान कराँते तर्फ युवापुस्ताको चासो बढेको छ । अभिभावक पनि कराँते तर्फ उत्साहित बन्दै गएका छन् ।

पेटी परीक्षामा उद्योगी एवं समाजसेवी प्रकाश केसीले उदघाटन गर्दै खेलाडीको सर्वगुण नै अनुशासन भएको उल्लेख गरे । अनुशासन दृढताता, लगनशिलता र इमान्दारिताको खाँचो औंल्याउँदै सदैवमा सकारात्मक सोच लिएर खेल्नुपर्नेमा जोड दिए । उनले क्योकुशिन कान कराँतेलाइृ सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

पेटी परीक्षामा ब्ल्याक बेल्ट एवं आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका सहायक प्रशिक्षक सुवास खड्का, राष्ट्रिय खेलकुदमा रेफ्रीको भूमिका निभाएका दानबहादुर क्षत्री, सिनियर खेलाडी चित्रन गुरुंग, निर्मल केसी, सुष्मी श्रेष्ठ लगायतले प्रशिक्षण गराएका थिए । कार्यक्रम क्योकुशिन कान कराँते संघका अध्यक्ष बेलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...