स्पाइरल ग्यालेक्सीमा खेलकुद प्रतियोगिता

पोखरा ,१४ मंसिर /पोखरा बगर सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी माबिमा बार्सिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको बिद्यालयका संस्थापक प्राचार्य नारायण शर्मा चापागाईं र संस्थापक बिनय अधिकारीले उद्घाटन गरेका थिए। प्राचार्य शर्माले खेलकुदले स्वस्थ रहन महत्वपूर्ण भूमिका खेल्ने हुँदा मानव जीबनमा यसको उच्च महत्व रहने भन्दै सबै विद्यार्थीहरुलाई सकृयताका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गरे।

त्यस्तै संस्थापक बिनय अधिकारिले अतिरिक्त क्रियाकलाप शैक्षिक बिकासमा सहयोगी हुने हुँदा प्रतिस्पर्धामा उत्रन सबैलाई आग्रह गर्दै सफलताको शुभकामना ब्यक्त गरे। बिहीवार र शुक्रवार दुई दिनसम्म संचालन हुने प्रतियोगितामा विद्यार्थीहरुले फुट्बल, रिले एथलेटिक्स लगायतका विभिन्न ११ बिधामा प्रतिस्पर्धा गर्ने विद्यालयले जनाएको छ। कार्यक्रमको संचालन शिक्षक सुमन पौडेलले गरेको सह ( प्राचार्य सन्तोष गुरुङले जानकारी दिए।

कमेन्टहरु
Loading...