काहुँ धरहरा महोत्सवमा आयोजीत साईक्लिङ रेस उपाधी सुन्देलीलाई

पोखरा, २९ मंसिर/काँहु धरहरा तेस्रो महोत्सवको दोस्रो दिन शनिबार विहान आयोजित साईक्लिङ प्रतिस्पर्धाको उपाधि पोखराका साईक्लिष्ट सन्दीप सुन्देलीले जितेका छन् । पोखराको रानीपौवाबाट शुरुभएको साईक्लिङ प्रतिस्पर्धा काँहु महोत्सवस्थल धराहरासम्मको सात किलोमिटरको दुरीलाई उनले ३३ मिनेटमा पुरा गर्दै उपाधि जित्न सफल भए ।

दोस्रो स्थानमा हिकमत विक आए । उनले सात किलोमिटरको दुरलाई भने ३५ मिनेटको समय पुरा गरेका थिए । तेस्रो स्थानमा भने जगत ढोलीले ओगटे । उनले ३८ मिनेटको समय लगाएका थिए । महिला तर्फ भने सुनिता श्रेष्ठ प्रथम भईन् । ४३ वर्षिय सन्तराम विकले भेट्रान्स तर्फको पुरस्कार प्राप्त गरे । काँहु तेस्रो महोत्सवको पहिलो दिन शुक्रबार पर्वतीय दौडको आयोजना गरिएको थियो ।

महोत्सव प्रचार प्रसार संयोजक दामोदर आचार्यका अनुसार दोस्रो दिन शनिबार आयोजित साईक्लिङ रेस पुरुष तर्फका विजेतालाई नगद ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिएको थियो । महिला तर्फकी सुनिता र भेट्रान्स सन्तराम विकलाई नगद १/१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा ४५ जनाको सहभागिता रहेको थियो । जसमा एक भेट्रान्स र ५ जना महिला सहभागिता रहेको थियो ।

स्थानीय जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा सञ्चालित महोत्सवमा शनिबार सर्वसाधारणको उपस्थिति निकै बाक्लो थियो । सांगितीक कार्यक्रमले पनि सर्वसाधारणलाई झुम्याईरहेको थियो ।

पोखराको दृष्यावोलकनको लागि उपयुक्त मानिएपनि ओझेलमा पर्दै आएको काँहुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जनाउँदै उनले साईक्लिङ रेस मार्फत साहसिक खेलकुदको गन्तव्य बनाउने तर्फ टेवा पुग्ने विश्वास व्यक्त गरे । तर शनिबार बजारदेखि केही माथिको डाडाँमा पुग्ने सर्वसाधारणको लर्को थियो । त्यसमा झन विहानैदेखि खुलेको हिमालले पोखराको सौन्दर्यता धराहराबाट निकै उत्कृष्ठ देखिएको थियो ।

कमेन्टहरु
Loading...