बलराम स्मृती कास्की लिगमा क्वाटर फाइनलको समिकरण पुरा

पोखरा, २५ वैशाख/संगम, गार्डेन, डेमसाइड, इन्द्रेणी, एलजी, सत्य युवा क्लव, विष्णुपादुका हेम्जा र शितलज्योती क्लव पोखरा रंगशालामा जारी स्व.वलराम केसी स्मृती कास्की जिल्ला लिग फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार लिग चरणका अन्तिम खेलहरु सम्पन्न भएका हुन् । सोमबारको खेलमा इन्द्रेणीले एपेक्सलाई ११–१ ले, गार्डेनले भदौरेलाई ११–० ले, ड्यामसाइडले भ्यालि स्पोर्टलाई २–१ गोलले तथा शितलज्योतीले हेम्जा युनाइटेडलाई २–१ गोलले पराजित गरे ।

कास्की जिल्ला फुटवल संघले भ्यालि स्पोर्ट क्लवका क्याप्टेन राजु गुरुङ्गलाई कारवाही गरेको छ । उनलाई कास्की जिल्ला फुटवल संघले संचालन गर्ने कुनैपनि गतिविधीमा तीन वर्ष सम्म सहभागि हुन नपाउने गरि कारवाही गरिएको आयोजक संघ कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले बताए ।

उनले भाग लिने सेभेन ए साइड तथा फुटसल लगायत फुटवल गतिविधी कास्कीका कुनैपनि रेफ्रिहरुले नखेलाउने पनि संघ कास्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । रेफ्रि सन्तोष गुरुङ्गले उनलाई रातो कार्ड देखाएपछि उनले रेफ्रिलाई तथा नाम गाली गरेको र रेफ्रिका खेल सामग्रीहरुमा समेत तोडफोड गरेको विज्ञप्तीमा जनाइएको छ ।

कमेन्टहरु
Loading...