लामो समयपछि जितसँगै पोखराको टेनिस कोर्टमा फर्किए थापा

पोखरा, १३ असोज / पुर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाले पोखरामा आइटिएफ ग्रेड फोर अन्तर्गत ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा

पहिलो जित दर्ता गरेका छन् । लामो समयपछि पोखरा टेनिस कोर्टमा फर्किएका पुर्व गृहमन्त्री थापाले पहिलो जित निकाल्ने क्रममा भारतीय खेलाडी

नरहरी कादेकारलाई पराजित गरे । थापाले ६९१, ६९० को सोझो सेटले पराजित गर्र्दै दोस्रो चरणको यात्रा तय गरे ।

टेनिसको सर्र्वोच्च संस्था आईटिएफ इन्टरनेशनल टेनिस फेडेरेसन०को संयोजनमा नेपाल टेनिस संघको प्राविधिक सहयोग र कास्की जिल्ला टेनिस

संघको आयोजनामा आईटीएफ सिनियर वल्र्ड र्याङ्िकङ टेनिस टुर्नामेन्टमा तीन वटा ईभेण्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा

३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्ष माथिको सिंगल्स र डबल्स तर्फको इभेण्टमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगितामा नेपाल, भारत र

नेदरल्याण्डका ८६ जना खेलाडीले सहभागिता जनाएका छन् ।  ग्रेड फोर अन्तर्गत खेलाडीले अंक प्राप्त गर्ने छन् । अंकको आधारमा ग्रेड फोका

खेलाडीहरुको बरियता निर्धारण गरिने छ । वर्षेनी विभिन्न देशमा सिनियर तर्फ यस्तो प्रकृतिको टेनिस प्रतियोगिता आयोजना हुदैंआएको छ ।

पोखरामा पनि गत वर्ष ग्रेड फाईभको प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कमेन्टहरु
Loading...