पेनाल्टी सुटआउटमा जापानीज टोलीलाई हराउदै एपीएफ पोखरा कपको फाईनलमा

पोखरा, २५ माघ /शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाईनल खेल्ने ढोका खोल्दा पाहुना टोली भने पेनाल्टी सुटआउटमा अनुभव विहीन देखिदैं छैटौं मनकामना केवलकार पोखरा कपबाट बाहिरिएको छ । निकै दबावमा राखेपनि स्कोरिङ निकाल्न नसकेको जापानीज रिस्हो युनिर्भसिटीको टोली पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित हुदैं बाहिरीयो ।

निर्धारित र थपिएको समयमा गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । सुदिप शिख्राकार, आशिष लामा, राजीव लोप्चान र गोलकिपर राजु नगरकोटीले पेनाल्टीमा गोल गरेपछि फाईनल खेल्न पर्याप्त बन्न पुग्यो । एपीएफका गोलकिपर नगरकोटीले नात्सुकी ताकेदाको प्रहारलाई बचाउ गरेपछि जितको सम्भावना बलियो बन्यो ।

त्यसमा पनि अझ ताकुदो योसिनोको प्रहार क्रसबार माथिबाट बाहिरिएपछि जितको खुशीयाली मनाउने बाटो खुल्यो । केवल एक गोल भने ताकुया हितोमीले गरे । एकपछि अर्को गोलको अवसर सृजना गरेको जापानीज टोलीलाई एपीएफले निर्धारित समयसम्म रोकेरै राख्यो । हिलाम्मे मैदानमा केही नियन्त्रण गरी खेल देखाएको पाहुना टोलीले शुरुदेखि नै गोल गर्ने अवसरलाई चुकाई राख्यो ।

अधिकांश जापानीज टोलीको प्रयास विफल बनाउँदै पेनाल्टी सुटआउट जोगाएका एपीएफका गोलकिपर नगरकोटी म्यान अफ दि म्याच घोषित भए । कास्की जिल्ला फुटबल संघ आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल शनिबार सिक्नेचर मनाङ मस्र्याङ्दीले क्यामरुनी टोली डफिन्स फुटबल क्लब परिवारसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...