फागु महोत्सव भलिबलको उपाधि मनोहर क्लबलाई

पोखरा, ९ चैत/ नवौं रुपातालबेसी फागु महोत्सवको पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका १४ स्थित मनोहर युवा क्लबले जितेको छ ।

सप्तरंगी क्लब तालबेसीको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा धारापानी युवा क्लब रुपागाउँपलिका ७ लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । शुक्रबार भएको फाईनलमा मनोहरले २५–२२, २५–१३ र २५–१९ को सेटले पराजित गर्दै उपाधि उचाल्यो ।

धारपानी युवा क्लबले शुभकामना युवा क्लब भीमाद तनहँुलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । मनोहर युवा क्लबले भने ध्रुवतारा क्लब भिरचोकलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

१६ टिमले सहभागिता जनाएको प्रतियोगिताको उत्कृष्ठ खेलाडीबाट धारापानी युवा क्लबका धिरेन छन्त्याल घोषित भए । यसैगरी फाईनल खेलको म्यान अफ दि म्याचबाट धारापानीकै पुजन गुरुङ घोषित भएका छन् । बेष्ट स्पाईकरको पुरस्कार मनोहर युवा क्लबका लेखनाथ श्रेष्ठ भए । बेष्ट लिबरोको पुरस्कार भने धारापानी युवा क्लबका मिलन सेवाले प्राप्त गरे ।

बेष्ट लिफ्टरबाट मनोहरका घनश्याम गुरुङ सम्मानित हुदाँ ब्लकरको पुरस्कार पनि मनोहरकै दिन राना घोषित हुदैं प्राप्त गरे । फागु पूर्णिमाको अवसरमा आयोजित प्रतियोगितामा विजेता मनोहर क्लबले नगद ५० हजार नगदसहित शिल्ड उचाल्यो । उपविजेतामा चित्त बुझाएको धारापानीले भने नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

उत्कृष्ठ खेलाडीले ट्रफी पदक तथा प्रमाणपत्रसहित टि–सर्ट प्राप्त गरे । अन्य विधाका खेलाडीले भने पुरस्कार स्वरुप टि–सर्ट प्राप्त गरेका थिए । प्रतियोगितालाई देवीस्थान गुरुङ आमा समूहले मुख्य प्रायोजन गरेको आयोजक सप्तरंगी क्लब रुपागाउँपालिकाले जनाएको छ । पागाँउपालिकामै केही साता अघि मात्रै गाँउपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...