सागमा पदक विजेता गण्डकीका खेलाडी तथा प्रशिक्षकलाई प्रदेशले नगदसहित सम्मान गर्ने

पोखरा, १९ जेठ/ नेपालमा गत मंसिर १५ देखि २४ गतेसम्म आयोजित १३ औं दक्षिण खेलकुद प्रतियोगिता सम्पन्न गर्यो । काठमाडौंसहित पोखरामा आठ खेल आयोजना हुदाँ जनकपुरमा भने एउटा आयोजना गरिएको थियो । सागमा नेपाली खेलकुदकै इतिहासमा सर्वाधिक ५१ स्वर्ण पदक जितेको थियो ।

पदक विजेता खेलाडीलाई नेपाल सरकारले नगदसहित सम्मान गरिसकेको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशबाट १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।

आईतबार मात्रै प्रदेश प्रमुख अमिक शेरचनले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका पदक विजेता यस प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने बताए । ‘यस प्रदेशका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको छ ।’ आईतबार प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शेचरनले बताए ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट व्यक्तिगत तथा टिम इभेण्टको प्रतिस्पर्धामा गरी ४० जना खेलाडीको सहभागिता रहेको थियो । सहभागि सबै खेलाडीले पदक जितेका थिए । खेलाडीहरुले विभिन्न २१ खेलमा पदक जितेको तथ्यांक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले औंल्याएको छ ।

दक्षिण एशियाली खेलकुद प्रतियोगितामा व्यक्तिग र टिम इभेण्टमा गरी ४ स्वर्ण, २३ रजत र १६ कास्य जितेका थिए । गण्डकी प्रदेशका नविन रसाईली कराँते (बाग्लुङ), पार्वती गुरुङ तेक्वान्दो (लमजुङ) र स्याङजाकी प्रशंसा क्षत्रीले तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए । फुटबलमा सुमन अर्याल(नवलपुर)ले स्वर्ण पदक जितेका थिए ।

साईक्लिङमा पोखराकी जमूना थापा र उषा खनालले रजत पदक जितेकी थिईन् । कराँते तनहुँकी अनु गुरुङले रजत पदक जिेतका थिए ।भलिबल तर्फ नेपाल महिला भलिबल टोलीकी कप्तान अरुण शाही तथा ह्याण्डबलमा समेत नेपालले रजत पदक जितेको थियो । लन टेनिस तर्फ टेनिसकै इतिहासमा पहिलो पटक नविन पुन मगर र प्रदीप खड्काले कास्य पदक जितेका थिए । त्यसैगरी पुरुष तर्फको टिम इभेण्टमा नेपालले आर्चरी तर्फ पनि कास्य पदक जितेको थियो । नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो ।

उसुमा विन्दु पुन(म्याग्दी, रजत), टेवल टेनिसका दिनेख खनिया(लम्जुङ, रजत), महिला भलिबल तर्फ उषा भण्डारी(तनहुँ, रजत),सेफिया पुन(बाग्लुङ, रजत), हिरा केसी(पर्वत, रजत), कमला पुन(म्याग्दी, रजत), महिला बास्केटल तर्फ एलिना गुरुङ (कास्की, रजत), रचना श्रेष्ठ(गोरखा, रजत), अनुषा मल्ल(तनहुँ, रजत),प्रिती तुलाचन(बाग्लुङ, रजत), पौडीकी दुवाना लामा(मनाङ, दुई रजत), महिला फुटबल तर्फ सावित्रा भण्डारी(लमजुङ, रजत), महिला ट्रायथोलन केशरी थापामगर(तनहुँ, रजत), महिला खो खो धनमाया दर्लामी(बाग्लुङ, रजत), महिला ह्याण्डबल झिनमाया थापा(कास्की, रजत), महिला बक्सिङ संगीता सुनार(कास्की, रजत), फेन्सिङ सीता पाठक(स्याङजा, रजत), तेक्वान्दो निमा गुरुङ(मुस्ताङ, रजत) पदक जितेका थिए ।

त्यसैगरी कास्य पदक विजेताहरुमा कराँते राजकुमार रसाईली(बाग्लुङ), सोमबहादुर थापा( गोरखा, एथलेटिक्स), योगेन्द्र शेचरन(आर्चरी, कास्की), प्रदीप खड्का( कास्की, टेनिस), नविन मगर(म्याग्दी, टेनिस), कृष्ण थापा(गोरखा, स्क्वास), अमृत थापामगर गोरखा, स्क्वास), शिवबहादुर बराम(गोरखा, जुडो), करण केसी(बाग्लुङ, क्रिकेट), तारादेवी पुन(म्याग्दी, भारोत्तोलन) मनकुमारी कुमाल(तनहुँ, भारोत्तोलन) रहेका छन् । खेलाडीलाई नगदसहित प्रदेश सरकारले सम्मान गर्ने भएपनि नगद उल्लेख गरिएको छैन् । प्रदेशकै आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा खेलाडीलाई सम्मान गर्न नगद राशी छुट्टाउने सम्भावना छ ।

कमेन्टहरु
Loading...