शुभकामना कपको उपाधि लेकसाइड एफसीलाई

पोखरा, १० बैशाख/ हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिताको उपाधी लेकसाइड एफसीले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा सत्य यवा क्लब बाँझापाटनलाई २–० को गोल अन्तरले पराजित गर्दै लेकसाइड एफसीले उपाधी हात पारेको हो।

उपाधी सधै लेकसाइड एफसीले एक लाख ५० हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने सत्य युवा क्लबले ७५ हजार शिल्ड मेडल र प्रमाण पत्रमा चित्त वुझायो। उक्त खेलमा लेकसाइड एफसीको तर्फबाट सञ्जय बुढाथोकी र अशोक थापाले एक÷एक गोल गरे। उक्त खेलमा लेकासाइड एफसीका अशोक थापा म्यान अफ दि म्याच घोषित भए।

खेलमा लेकसाइड एफसीका सञ्जय बुढाथोकीले सवै भन्दा बढि सात गोल गरि हाइस्कोरको पुरस्कार हात पारे। प्रतियोगिताको वेष्ट गोलकिपरमा लेकासइडका सन्देश गुरुङ, वेष्ट डिफेन्डरमा लेकसाइडका आशिष गुरुङ, वेष्ट मिल्ड फिल्डरमा सत्यका उत्तम गुरुङ, वेष्ट स्टाइगरमा सत्यका रिजन सुब्बा, वेष्ट कोचमा लेकसाइडका विनय पहारी, वेष्ट प्लेयरमा लेकसाइडका सुभाष गुरुङ र अनुशाशित टिममा हेमजा युनाइटेडले पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा विजयी टिमलाई एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङ, वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा प्रतियोगिताका सहयोगि सन्तोष क्षेत्री, लक्ष्मी कुँवर, चिरञ्जीवि अधिकारी, हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले पुरस्कार वितरण गरेका थिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजित उक्त प्रतियोगिता ९ दिन सम्म चलेको थियो। प्रतियोगितामा १६ टिम सहभागी रहेका थिए। प्रतियोगितामा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंशा पत्रले सम्मान गरिएको थियो। हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बुद्धदेवी कुँवरले स्वागत र शंकरमणि त्रिपाठी ‘छन्दमणि’ ले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...