केसी बने ‘एनएफबीएफ प्रथम मिष्टर पोखरा’

पोखरा, २० साउन /कास्की बडि बिल्डिङ तथा फिटनेस संघले आयोजना गरेको पहिलो संस्करणको मिष्टर पोखराको टाईटल पोखराका मनोज केसीले जितेका छन् । उनले ओभरअल प्रतिस्पर्धामा टाईटलसहित नगद ५० हजार रुपैयाँ जिते । उनले ६५ केजी तौल समूहमा स्वर्ण जित्दै टाईटलको लागि भिडेका थिए ।

५५ केजी तौल समूहमा निरजंग सुब्बा गुरुङ(जायन्ट जिम सेन्टर, बगर)ले स्वर्ण पदक जितेका थिए । मोती गुरुङ दोस्रो र कृष्ण अधिकारी तृतीय भएका थिए । त्यसैगरी ६० केजी तौल समूहको प्रतिस्पर्धामा भने मौलादिन मिया(मेगा जिम सेन्टर चिप्लेढुंगा)ले स्वर्ण पदक जित्दै ओभरअल प्रतिस्पर्धामा पुन स्टेजमा उत्रिए । प्रवेश गुरुङ दोस्रो र सुरेन्द्रप्रसाद बर्मा तेस्रो स्थानमा रहे । ६५ केजी तौल समूहमा भने मनोज केसीले स्वर्ण जित्दा श्रीधर दर्लामी मगर दोस्रोे हुदैं रजत र विवेक गुरुङले तेस्रो स्थानमा चिक्त बुझाउँदै कास्य पदक पाए ।

त्यसैगरी ७० केजी तौलमा निशान राना(रानीपौवा स्पोर्टस सेन्टर)ले स्वर्ण जिते । खिमेश गुरुङले रजत पदक र राजकुमार ध्वजुले कास्य पदकमा चिक्त बुझाए । ७५ केजी तौल समूहको प्रतिस्पर्धामा भने सुजन श्रेष्ठ(पावर जिम तालचोक)ले स्वर्ण, सिजन गुरुङले रजत र किरण श्रेष्ठले कास्य पदक जिते । ७५ केजी माथिको प्रतिस्पर्धामा भने कृष्ण विक(रत्नश्र िजिम), शंकर विक र भरत सुवेदीले स्वर्ण रजत र कास्य पदक जिते । प्रत्येक तौल समूहमा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

सभाषद सुर्यबहादुर केसी, नेप्लिज फेडेरेशन अफ बडि बिल्डिङ एण्ड फिटनेस(एनएफबीएफ)का अध्यक्ष लोकेन्द्र परियार, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, मुख्य निर्णायक शिवलाल श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, खेलाडी न्युज डटकमका सम्पादक धन बस्नेत, कास्की शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजुकुमार थापा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...