दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

पोखरा, १ फागुन /दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । बुधबारको उपाधि भिड्न्तमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले होङगान्जी न्युडायमण्डलाई ३–१ को सेटमा हराउदै लगातार दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । पर्बतको कुश्मा बजारमा भएको फाईनल खेलमा एपीएफले होङगान्जी न्युडायमण्डमाथी २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो ।

एपीएफका कोच ज्ञानेन्द्र बिष्टले स्पाईकर र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेका कारण सफल भएको बताए । बिष्टले तेश्रो सेट रिसिभ कमजोर भएका करण गुमाउनु परेको प्रितिक्रिया दिए । एपीएफले यो सिजनमा खेलेका १० प्रतियोगिता मध्य ९ पटक उपाधि जितेको छ भने एभिएलमा चितवर्न टाईग्रर्ससग फाईनलमा पराजित भएको थियो ।

होङगान्जी न्युडायमण्डका प्रशिक्षक कुमार राईले सबै पक्षमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिदै भने– हामीले कडा प्रतिस्पर्धाका बीच सेट गुमाएका छौं, उत्कृष्ट प्रदर्शनका बाजुद मेहनतलाई नतिजा परिणत गर्न सकेनौ । नयाँ सेटरको सोझो खेलमा खेल्दै छौं, ब्लक पनि हाम्रो कमजोडी हो । सेटरको अनुभव बढदै जादा अवश्य नतिजा पनि हाम्रो पक्षमा आउने छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एपीएफकी सरस्वती चौधरीले जितिन् । उनले उत्कृष्ट ट्रफिका साथ नगद १० हजार प्राप्त गरिन् । प्रतियोगिताको ब्यक्तिगत बिद्यामा न्युडायमण्डले बर्चश्व जमाएको छ । होङगान्जी न्युडायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाईकर,अनिसा सुनुवार उत्कृष्ट सेटर,सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स,कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर चुनिए । प्रतियोगिताको उत्कृष्ट कोचको उपाधि एपीएफका ज्ञानेन्द्र बिष्टले जिते । बिद्यागततर्फ उत्कृष्ट सबैले जनहि नगद ५ हजार प्राप्त गरेका छन्।

प्रतियोगिता अन्र्तगत तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले नेपाल आर्मीमाथी ३–१ को सेटमा जित निकाल्यो । नेपाल पुलिसले पहिलो सेट २२–२५ ले गुमाए पनि दोश्रो देखि चौथो सेट लगातार २५–१८,३१–२९ र २५–१६ ले जितेको थियो ।

रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं बार्षिकोत्सव तथा एघाऔं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा संचालित प्रतियोगिताको विजेता एपीएफले २ लाख,उपबिजेता होङगान्जी न्युडायमण्डलाइले १ लाख र तेस्रो स्थान हात पार्ने नेपाल पुलिसले ५० हजार नगद प्राप्त गरेका छन् । बिजेता टिम तथा खेलाडीलाई फलेवास नगर प्रमुख पदम पाणी शर्मा,सेन्चुरी कमसियर बैंकका गण्डकी प्रमुख शेखर राज बस्ताकोटी, आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरेका थिए ।

कमेन्टहरु
Loading...