दशैँ कप टेनिस प्रतियोगीताको उपाधी रबिन गुरुङ्गलाई

असोज,२० पोखरा । नेपालीहरुको महानपर्व बिजयादशामीको अवसरमा गुरुङ्ग भिलेज टेनिस कोर्टले आयोजना गरेको दशैँ कप टेनिस प्रतियोगीताको उपाधी सञ्चारकर्मी रबिन गुरुङ्गले हात पारेका छन ।

पोखराको लेकसाईड स्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा आज आईतबार भएको फाईनल खेलमा सञ्चाकर्मी रबिन गुरुङ्गले कृष्णा केसीलाई ९—४को अंकले पराजीत गर्दै उपाधी चुम्न सफल भएका हुन । प्रतियोगीतामा बिजेता तथा उपबिजेतालाई गुरुङ्ग भिलेज टेनिस कोर्टका सञ्चालक पदम गुरुङ्ग र प्रतियोगीताका मुख्य रेफ्रि बिष्णु गुरुङ्गले ट्रफि,मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन ।

उपाधी बिजेता रबिन गुरुङ्गले आफु पहिले ब्याडमिन्टनको खेलाडी भए पनि अहिले लङ्ग टेनिस प्रतियोगीताको उपाधी जित्न पाउँदा निकै खुशी लागेको बताएका छन ।

कमेन्टहरु
Loading...