पोखरेली विपिन धनगढी स्टार्सका लागि बिके ९५ हजारमा

पोखरा, २२ पुस /तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको खेलाडी अक्सन गरिएको छ । पोखरेली खेलाडी विपिन खत्रीलाई सोमपाल कामीले आफनो टिम धनगढी स्टार्समा आवद्ध गरेका छन् ।

खत्रीको पोखरा प्रिमियर लिगमा देखाएको प्रदर्शनकै आधारमा खत्रीमाथि सोमपालले विश्वास देखाउँदै ९५ हजारमा आफनो टिममा समावेश गरे ।
पोखरा प्रिमियर लिगमा सोमपालले बुटवल ब्लाटर्सको कप्तानी गरेका थिए । उनकै टिममा थिए विपिन खत्री । खत्रीले आठ विकेट लिएका थिए ।

किफायती बलिङ गरेको खत्रीको इकोनोमी पनि १७.५ ओभरमा ५.१५ को नेटरनरेट थियो । उनी दोस्रो सस्करणको धनगढी प्रिमियर लिगमा केवल ३५ हजारमा विक्री भएका थिए । उनी अघिल्लो सस्करणको डिपिएलमा भने रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । पहिलो एभरेष्ट प्रिमियरमा पोखरा राईनोजबाट खेल्दा उनलाई ५० हजारको बोली लागेको थियो ।

पोखरा प्रिमियर लिगमै उनी बुटवलबाट खेल्दा केवल ३० हजार मात्रै थियो । केही हप्ता अघि मात्रै सकिएको एभरेष्ट प्रिमियर लिगमा भने उनी ५५ हजारको भाउ पाए । तर अहिले धनगढी प्रिमियर लिगमा उनी ९५ हजारमा सोमपाल कामीले आफनो टिममा समावेश गरेका थिए । डिपिएलको अक्सनसँगै उनी यतिबेला इनरुवमा चलिरहेको एमएम कप एकदिवसीय क्रिकेटको तयारीमा छन् । गण्डकी प्रदेशका अनुभवी बलरको रुपमा उनी दखिने छन् ।

कमेन्टहरु
Loading...