कसमस कलेजलाई तिन पदक

पौष १, काठमाडौं/ब्रिटिश काउन्सिल नेपालको आयोजनामा काठमाडौंमा भएको दोश्रो ब्रिटिश काउन्सिल ए लेभल मिटमा कसमस कलेजलाई तिनवटा पदक प्राप्त भयो । नेपालमा ए लेभल शिक्षा सञ्चालन गर्दै आइरहेका कलेजहरु बिच गत वर्षदेखि शुरुवात गरिएको उक्त ए लेभल मिटमा कसमस कलेजका विद्यार्थीहरुले निम्न खेलहरुमा जित हासिल गर्न सफल भएका छन् ।

coskmos collegजस अन्तर्गत आर्टमा स्वस्तिका बज्राचार्यले कास्य पदक, १०० मिटर दौडमा प्रसमिन गुरुङ्गले कास्य पदक र ४ह१०० मिटर रिले दौडमा निराजन कोइराला, प्रसमिन गुरुङ्ग, क्षितिज गुरुङ्ग र अमन गुरुङ्गले कास्य पदक प्राप्त गरेका छन् । उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाईआज कलेज व्यवस्थापन समिति एंव अभिभावकहरु द्वारा एक समारोहका बिच वधाई ज्ञापन गरियो ।

कलेज व्यवस्थापन समितिका सदस्य अशोक शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेज का कार्यकारी निर्देशक तेज गुरुङ्ग प्रिन्सिपल डा. ध्रव कार्की तथा अभिभावक संगिता बज्राचार्यले बधाई मन्तव्य राख्नु भएको थियो भने सहभागी विद्यार्थीको तर्फवाट क्याप्टेन निराजन काईराला, विवेक श्रेष्ठ र स्वस्तिका बज्राचार्यले आ–आफ्नो अनुभव बाँडेका थिए ।

कमेन्टहरु
Loading...