राष्ट्रिय छात्र क्रिकेट प्रतियोगिता सोमबारदेखि पोखरामा

माघ २६,पोखरा/नेपाल क्रिकेट संघको आयोजना तथा क्षेत्रिय क्रिकेट संघ क्षेत्र नम्बर ८ को संयोजनमा सोमबारदेखि पोखरा रंगशालामा वाइवाइ अन्तर विद्यालय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । संघद्धारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १७ जिल्लाका १७ टिमले भाग लिने जानकारी दिइयो ।

राष्ट्रिय छात्र क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिदै पोखरामा
राष्ट्रिय छात्र क्रिकेट प्रतियोगिताको बारेमा जानकारी दिदै पोखरामा

‘जिल्लाका उत्कृष्ट विद्यालयहरुले यस प्रतियोगितामा भाग लिने छन’–क्यानका केन्द्रिय सदस्य बसन्तराज सत्याल( अरुण ) ले भने । प्रतियोगिताको उद्घाटन खेल रुपन्देही र डलेल्धुराविच हुनेछ ।  आउदो फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २५ हजार तथा द्धितिय हुने विद्यालयले नगद १५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । क्यान र नेपाल सरकारविच भएको पाँच वर्षे सम्झौता अनुसार तेश्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । पोखरामा भने यो प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । प्रतियोगितालाई चौधरी ग्रुपको उत्पादन वाइवाइले सहयोग गरेको छ ।
फोटो पनि छ । तस्विर ः उमेश पुन ।

कमेन्टहरु
Loading...