बिटी कपमा शुक्रबारदेखी क्वार्टर फाइनलका खेलहरु हुने

पोखरा २२ चैत्र / पुरानो टुडिखेलमा जारी दोश्रो बिरेन स्मृति कप तथा १२ औ बिटी कपमा शुक्रबारबाट क्वार्टर फाइनलका खेलहरु हुने भएको छ । बुद्धटोल युवा क्लवले आयोजना गरेको बिटी कपमा बिहीबार प्री क्वाटरफाइनल अन्तर्गत ८ खेलहरु सम्पन्न भए । बिहीबार सम्पन्न पहिलो खेलमा तारा फुटवल क्लवले सबिन मेमोरियललाई २१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश ग¥यो ।

दोश्रो खेलमा माइ पोखरा स्पोर्टस क्लव र एलजी बीच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइबेकरमा पोखरा स्पोर्टसले एलजीलाई २० गोल अन्तरले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो । तेश्रोे खेलमा बी १३ ले लाप्पो फुटवल क्लवलाई ३ १ गोल अन्तरले पराजित ग¥यो । चौथो खेलमा दोब्रा फुटवल क्ल्वले आदर्श युवा क्लवलाई १० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय ग¥यो ।

पांचौ खेल लेकसाइड फुटवल क्लव र चैट चैट चैट बी बीच निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइबेकरमा चैट चैट चैट बीले लेकसाइड फुटवल क्लवलाई २१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो । छैठौ खेलमा दिप युनाइटेडले शितलज्योती लाई ३१ गोल अन्तरले पराजित ग¥यो ।

सातौ खेलमा बिष्णुपादुका फुटवल क्लवले एस वाइ सी तनहुलाई ३१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय ग¥योभने अन्तिम खेलमा संगम फुटवल क्लवले सराङकोटलाई ४० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो । क्वार्टर फाइनल अन्तर्गत शुक्रबार ४ वटा खेलहरु हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...