भिमकाली कपमा डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडले १३ गोल प्रहार

पोखरा २० वैशाख /पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहीबार पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम “ए” बिजयी भएको छ ।

पहिलो खेलमा तारा फुटबल क्लब टिम “बि” लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश ग¥यो । दोस्रो खेलमा कालिका युनाईटेडलाई ४–२ को गोल अन्तरले पराजित गर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा लामपाटन फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फेवा युथ क्लब बिजयी भयो । फेवा युवा क्लबको जितमा प्रशित परियारले ह्याट्रिक गर्न सफर रहे । त्यसैगरी चौथो खेलमा काजीपोखरी युवा क्लबलाई २–१ को गोल अन्तरले पसगाउँ फुटबल क्लबले पाखा लागायो ।

प्रतियोगिताको पाचौ खेलमा मर्निङ गाईज र ब्याट केभ बिच भएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थान बनायो । प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १/१ गोल गरे ।

प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा स्थान बनायो । त्यसैगरी अन्तिम खेलमा स्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१ गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजक मनोज श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार ८ खेलहरु सञ्चालन हुनेछन । प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...