भारोत्तोलनको ४८ केजी तौलमा संगिता राईको राष्ट्रिय कित्तिमान (भिडियो सहित)

पोखरा, २६ पुस /पोखरामा ३५ वर्षपछि आयोजित राखेप च्याम्पियन राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी संगिता राईले ४८ केजी तौलमा राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । क्लिन एण्ड जर्कमा राईले ६६ केजी तौल उठाउँदै १२ वर्ष अघि विरगंजमा निता थापाले राखेको राष्ट्रिय रेकर्डलाई तोडेकी हुन् । तर उनी स्न्याचमा राष्ट्रिय रेकर्ड कायम गर्न भने असफल भईन् । यद्यपी उनले स्न्याच, क्लिन एण्ड जर्कमा ११८ केजी तौल उठाउँदै थापाको रेकर्ड बराबरी गरिन् ।

नेपाल आर्मीकी मनिषा रानाभाटले ६४ केजी तौल उठाएपछि राईलाई ६६ केजी तौल उठाउने चुनौति थपियो । रानाभाटले रेकर्डको लागि ६६ केजी उठाउने प्रयास गरिन् । तर असफल भईन् । उनी असफल भएपछि रेकर्ड कायम गर्ने अवसर राईलाई जुरेको थियो । राईले ६६ केजी उठाउँदै राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण पदक जितन् ।

गत वर्ष सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र ओलिम्पिक डेमा आयोजित प्रतियोगितामा समेत रजत पदक जितेकी राईले तेस्रो प्रयासमा नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक जितिन् । उदयपुर घर भएकी राई नेपाल प्रवेश गरेपछि भारोत्तोलनको प्रशिक्षणमा थिईन् । ४ वर्षको नियमित प्रशिक्षणपछि स्वर्णसहित रेकर्ड राख्न सकेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन—‘प्रहरीमा प्रवेश गरेपछि नियमित प्रशिक्षण गर्न पाए ।

त्यसैको प्रतिफल हो यो ।’ क्लिन एण्ड जर्कमा मात्रै नभई राईले स्न्याचमा पनि स्वर्ण जितिन् । उनले ५२ केजी तौल उठाईन । स्न्याचमा पनि रेकर्ड बराबर गर्न केवल एक केजी तौल कम उठाईन् । यसैगरी प्रतियोगिता अन्तर्गत करिना चौधरीले ३५ केजी तौल र क्लिन एण्ड जर्कतर्फ ५१ केजी तौल उठाउँदै समग्र ८६ केजी उठाएर कास्य पदकमा चिक्त बुझाईन् । प्रतियोगितामा २८ जिल्ला, तीन विभागीयका विभिन्न तौलमा महिला तथा पुरुष गरी १८२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

कमेन्टहरु
Loading...