ब्याडमिण्टनमा सुरेन्द्र र संजिवको जोडी प्रथम

पोखरा, २६ फागुन /‘स्वस्थ मुटुका लागि ब्याडमिन्टन’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ पोखरा अन्नपूर्णद्वारा पोखरामा आयोजित ग्याल्पो स्मृति ११ आंै अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा खुल्लातर्फ लायन्स क्लव अफ बेनीसिटीका सुरेन्द्र हमाल र संजिव अधिकारीको जोडी प्रथम भएको छ । फाइनल खेलमा लायन्स क्लव अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ्ग र मिन गुरुङ्गको जोडीलाई पराजित गर्दै सो जोडीले खुल्लातर्फको उपाधी आफ्नों पोल्टामा पारेको हो ।

खुल्लातर्फ लायन्स क्लव अफ पिस चौतारीका होम गुरुङ्ग र फणिन्द्र तिमिल्सीना तथा लायन्स क्लव अफ गोल्डेन चौतारीका विशाल खड्का र विश्व अधिकारीले तृतीय स्थान हाँसिल गरे ।

भेट्रान्सतर्फ लायन्स क्लव अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ्ग र मिन गुरुङ्गको जोडीले प्रथम स्थान हाँसिल ग¥यो । फाइनलमा लायन्स क्लव अफ पोखरा अन्नपूर्णका सुरेश श्रेष्ठ र यदु अधिकारीको जोडीलाई पराजित गर्दै गुरुङ्ग जोडीले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

प्रतियोगितामा लायन्स क्लव अफ पोखरा अन्नपूर्णका डम्मरसिंह गुरुङ्ग र दुर्गा जोजिजु तथा लायन्स क्लव अफ आँगनका श्याम श्रेष्ठ र रामकृष्ण श्रेष्ठले तृतीय स्थान हाँसिल गरे । लायन्स क्लव अफ फेवा लेकसिटीले उत्कृष्ट क्लवको पुरस्कार प्राप्त ग¥यो ।

गण्डकी प्रदेशका साँसद कृष्ण थापाले विजयी खेलाडीहरुलाई एक समारोहका विच ट्रफि, मेडल तथा विभिन्न गिफ्ट ह्याम्परले पुरस्कृत गरे । त्यसैगरि स्वर्गिय ग्याल्पो लामाका श्रीमति विन्धेश्वरी लामा, लायन सोनाम साङपो लगायतले पनि पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा डिष्ट्रिकका पिएमसिसी लायन प्रेमबहादुर श्रेष्ठ, चिफ एडभाइजर धु्रव श्रेष्ठ लगायतले प्रतियोगिताको महत्वका बारेमा प्रकाश पारेका थिए ।

यसअघि आयोजक क्लवका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन शनिबार बिहान गण्डकी प्रदेशका साँसद दिपक कोइरालाले उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक यदुनाथ अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...