वडा तथा गाविसस्तरीय व्याण्डमिन्ट प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा, ३ साउन /नेपाल राष्ट्रिय वाणिज्य संघ कास्कीको आयोजनामा ३८ औं पुष्पलाल दिवस अवसरमा साउन ५ र ६ गते वडा तथा गाविस स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक संघका कास्की सचिव इमानराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार स्वरुप २० हजार बराबर ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुनेले १५ हजार, तृतीय हुने २ समूहलाई १०–१० हजार बराबरको पुरस्कार दिइनेछ । टिम दर्ताका लागि संघमा आबद्ध सदस्यले सम्पर्क गर्न सक्नेछन् । टिम दर्ताका लागि एक हजार पाँच सय रुपैयाँ लाग्ने कार्यक्रम संयोजक चेतन कार्कीले जानकारी दिए । खेल पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगितामा भाग लिन खेलाडीहरुले उत्सुकता देखाएका कारण आज साँझ सम्म पनि खेलाडी दर्ता लिइने आयोजक संघका अध्यक्ष सञ्जिबबहादुर कोइरालाले बताए । एमाले कास्कीको पार्टी कार्यालय, शान्तिबनमा टिम दर्ताको व्यवस्था मिलाइएको कोइरालाले जानकारी दिए ।

कमेन्टहरु
Loading...