पोखरामा पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिण्टन जारी

पोखरा, ९ साउन / ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता जारी रहेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न इभेण्टमा प्रतिस्पर्धा भएका छन् । ५५ वर्ष माथिको भेट्रान्समा कास्कीका जयराम हमाल र रामजी बाँस्तोलाको जोडीले फाइनलमा स्थान बनाएका छन् । जयराम जोडीले चितवनका पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

राष्ट्रिय खुल्लातर्फ कास्कीका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडीले सुरेन्द्र हमाल र रोमन बानियाँको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे भने विशाल खड्का र भुगोल गुरुङ्गको जोडीले पाल्पाका बसन्त बज्राचार्य र विनय खातिको जोडीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नों स्थान सुरक्षित बनाए ।

गण्डकी प्रदेशस्तरितर्फ बाग्लुङ्गका विवेक जिसी र राजन खड्काको जोडीले कास्कीका रेशम आले र सिद्धार्थ लामाको जोडीलाई पराजित गर्दै सेमिफाइनल पुग्दा कास्कीका विशाल हिराचन र बिरेन्द्र कुँवरको जोडीले कास्कीकै होम गुरुङ्ग र प्रदिप श्रेष्ठको जोडीमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको प्रतियोगिताका प्रचार प्रसार समिति संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिए ।

कमेन्टहरु
Loading...