चैत ३ देखि प्रथम अभियान पुरुष भलिवल प्रतियोगिता

पोखरा, १ चैत्र/अभियान युवा क्लवको आयोजना तथा जिल्ला भलिवल संघ कास्कीको समन्वयमा प्रथम अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत ३ गतेबाट सुरु हुने प्रतियोगितामा विभिन्न जिल्ला भित्र रहेका क्लव, संघ÷संस्थाका टीमका बिच प्रतियोगिता हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक जयप्रकाश थापाल जानकारी दिए ।

पोखरा–५ स्थित मालेपाटनको चौरमा हुने प्रतियोगितामा प्रथम हुने टीमलाई रु ५० हजार ५ सय पचपन्न, द्वितिय हुने टीमलाई रु ३० हजार ५ सय पचपन्न नगद राशिका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । यसैगरि अनुशासित टीमलाई सम्मान गरिने र विभिन्न उत्कृष्ट विधाहरुमा ट्रफि प्रदान गरिने र उत्कृष्ट सम्पूर्ण विधामा पोखरा क्यान्योईङका तर्फबाट क्यान्योईङ गर्ने अवसर पनि दिईने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतियोगितामा अनुमानित आम्दानी २ लाख ५० हजार रहेको र २ लाख २५ हजार ५ सयमा सम्पन्न गराउने लक्ष्य रहेको थापाले बताए । त्यस्तै १५ टीमसम्मको सहभागिता रहन सक्ने बताउदै बुधबारसम्म सम्पूर्ण तयारी पुरा हुने संयोजक थापाले बताए । सहप्रायोजकको भुमिका मेट्रोसिटी हस्पिटलले गरेको छ भने सम्पूर्ण ट्रफि तथा मेडलको सौजन्य स्वर्गीय केशव थापाको स्मृतिमा राजकुमारी थापाले गरेकी छिन् ।

अध्यक्षता गरेका क्लबका अध्यक्ष मोहन बहादुर केसीले टीम ईन्ट्री भईरहेको जानकारी दिदै खेललाई मर्यादित र भव्य रुपमा सफल बनाउनका लागि सबैलाई अनुरोध गरेका थिए ।

कमेन्टहरु
Loading...