प्रहरी निरिक्षक सिंहले क्रिकेट खेलाडी पनि

पोखरा १८ फागुन/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक अशोक सिंहले सहारा क्लब पोखरा द्वारा दोविल्लामा संचालित सहारा एकेडेमीको निरिक्षण भ्रमण गरेका छन् । पहिलो पटक सहारा एकेडेमीमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले सहारा क्लबले गरेको कार्यको प्रशंसा गरे ।

सफ्ट टेनिसका अन्तराष्ट्रिय तथा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका प्रहरी उपरिक्षक सिंहले एकेडेमीको निरिक्षण भ्रमणका क्रममा नेपालमा यस्तै प्रकारले अन्य खेलका एकेडेमीहरु संचालनमा आउने हो भने अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताए । उनले खेल संगै शिक्षालाई पनि उत्तिकै महत्वदिनुपर्ने कुरामा जोड दिंदै क्लब द्वारा आश्रित बालकहरुको भविष्य उज्जवल हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा गुर्खाज एफसी केन्ट टिमका म्यानेजर बद्री सुनुवारले सहारा क्लब द्वारा आश्रित हरुका लागि पोखरा आएर सहयोग गर्न पाउँदा गर्व लागेको बताए । सो अवसरमा सहारा क्लबका अध्यक्ष केशब थापा, महासचिब विश्वराज बराल, क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली लगाएतले जिल्ला प्रहरी प्रमुख सिंह, एफसी केन्ट गुर्खाजका खेलाडी लगाएतलाई एकेडेमीमा स्वागत गरेका थिए ।

हाल एकेडेमीमा आर्थिक तथा विपन्न वर्गका २८ बालकहरु अश्रित छन । उनीहरुको मािसक खर्च २ लाख रहेको क्लबले जनाएको छ । उनीहरुका लागि देश विदेशमा रहेका नेपालीहरुले आर्थिक तथा अन्य खर्च क्लब मार्फत सहयोग गर्दै आएका छन ।

यसै विच पोखराको बगर भाइ खलक भेट्रान टिम युकेको एफसी केन्ट गुर्खाज भेट्रान टिम संग भएको मैत्रीपुर्ण फुटबल खेलमा ५–० गोल अन्तरले पराजित भएको छ । शुक्रबार दोबिल्ला स्थित सहारा क्लबको ट्रेनिङ सेन्टरमा भएको खेलमा एफसी केन्टका चोक गुरुङ र विशाल राइले २–२ गोल गरे भने हेमन्त राइले एक गोल गरे ।

पोखराका पूर्व राष्ट्रिय खेलाडी सम्मिलत पोखरा भेट्रान र युकेको एफसी केन्ट गुर्खाज भेट्रानका बिच शनिबार पोखरा रंगशालामा फुटबल खेल हुनेछ । सो प्रतियोगिता बाट उठेको रकम सहारा एकेडमीको संचालानार्थ प्रदान गरिने एफसी केन्ट गुर्खाज टिमले घोषणा गरेको छ ।

कमेन्टहरु
Loading...