अर्मला पर्वतिय दौडको उपाधि सेनाका कार्कीलाई

पोखरा, १७ माघ /पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलामा बिहिबार​ सम्पन्न पर्वतिय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।पोखरा केआइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय र्दौड कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

हिन्दुहरुको पर्व श्री पञ्चमीको अवसरमा हरेक वर्ष आयोजना हुने उक्त दौडमा मोरङका याङदेन राईले उक्त दुरी ५४ मिनेटमा पुरा गर्दै द्धितीय बनेर नगद १० हजार जिते भने रुकुमका देबराज वुढा मगरले ५४ मिनेट ४५ः४५ सेकेण्डमा पुरा गर्दै तेश्रो भए । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

श्री पञ्चमी कै अवसरमा अर्मलामा आयोजित भलिबल प्रतियोगिताको उपाधि मादी गाउँपालिकाको तर्पाङ युवा क्लबले पृथ्वीनारायण क्याम्पस संग ३–१ को सेटमा जितेको छ । जितसंगै उसले नगद ४० हजारका साथमा मेडल र ट्रफी प्राप्त गर्न सफल भयो भने पृथ्वीनारायण क्याम्पसले नगद २५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता खेलाडी तथा टिमलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराई र वडा नं १६ का अध्यक्ष जिवन आचार्यले पुरस्कार वितरण गरेका थिए ।

बिहिबार नै एक कार्यक्रमका बीच अर्मलाकोटमा अवस्थित श्री सिता आधारभूत विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ लगाएतले सम्वोधन गरेका थिए ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल सिंह गुरुङको अध्यक्षतामा भएको थियो ।

समुद्र सतह देखि १६०० मिटरमा अवस्थित अर्मलामा श्री पञ्चमीको अवसरमा खेलकूद र विशेष सांस्कृतिक कार्यक्रमहरु हुँदै आएको छ । गुरुङ वस्तीको रुपमा परिचित अर्मलाकोट बाट हिमश्रींखंलाको मनोरम दृश्यसंगै पोखरा शहर हेर्न सकिन्छ । गण्डकी प्रदेश सरकारले एक वर्ष अघि अर्मलाकोटलाई होम स्टे गाउँको रुपमा घोषणा गरेको थियो ।

कमेन्टहरु
Loading...