फेवातालदेखि शान्ति स्तुपा सम्म एन्फा कास्कीको हाइकिङ

पोखरा, २६ असोज
कास्की जिल्ला फुटबल सघको आयोजनामा आज फेवातालदेखि शान्ति स्तुप सम्म हाइकिङ सम्पन्न गरिएको छ । नेपालीहरुको महान पर्व विजया दशमी तथा सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा हाइकिङको आयोजना गरिएको कास्की जिल्ला फुटबल संघले जनाएको छ ।लेकसाईडस्थित प्याराडाइज रेष्टुरेण्टबाट सुरुभएको हाइकिङ पुम्दीभुम्दी स्थित शान्तिस्तुपा हुदै पून रेष्टुरेष्टमै पुगेर समान भएको थियो । हाइकिङमा एन्फा कास्कीका अध्यक्ष गोपीबहादुर भटराई, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिबहादुर कोइराला, एन्फा उपाध्यक्ष मिल गुरुङ, महासचिव राजन पौडेल, डा.रविन्द्र श्रेष्ठ,पत्रकार एकराज गिरी,एन्फा सदस्य दिपक गोदार लगायत पोखरा ११ का खेलाडिहरुको सहभागिता थियो ।

विगत एक महिना देखि सफल कपको लागी प्रशिक्षणमा रहेका खेलाडिहरुलाई रिफ्रेसमेन्टको लागी हाइकिङको आयोजना गरिएको एन्फा कास्कीका अध्यक्ष गोपीबहादुर भटराईले बताउनु भयो । प्रशिक्षणमा रहेका खेलाडिलाई दशै मनाउन विदा गर्ने क्रममा रिफ्रेस गर्न हाइकिङ गरिएको उहाँले बताउनु भयो ।

कमेन्टहरु
Loading...