एन्फा कास्कीको आर्थिक हिनामिना, छानविन पुरा, कार्वाही एन्फाले निर्णय गर्ने

पोखरा, २९ असार / कास्की जिल्ला फुटबल संघमा भएको आर्थिक हिनामिना गरेको बारे छानबिन समितिले छानबिन सोमबार छानविनका काम सकेको छ । छानविन समितिले आफनो सुझाव सहितको राय रिपोर्टमा समावेश गरे छानविन टुङग्याएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले २ साता लगाएर छानबिन गरी प्रतिवेदन तयार पारेको सोमबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । छानबिनको प्रतिबेदन एन्फा केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने खड्काले बताए । तर एन्फा कास्की अध्यक्ष मिलन गुरुङको समितिले विभिन्न प्रतियोगिता गर्नेक्रममा के–कति आर्थिक हिनामिना गरे भन्नेबारे पत्रकार सम्मेलनमा खुलाइएन ।

एन्फा कास्कीले मनकामना केवलकार फुटबल प्रतियोगिता र जिल्ला लिग गर्नेक्रममा आर्थिक हिनामिना भए–नभएको लगायत विभिन्न ६ शीर्षकमा सिमित रहेर छानबिन गरेको समिति संयोजक खड्काले जनाए । उनले भने, ‘छानबिन समितिले प्रतिवेदनमात्र बुझाउने हो, यो वा त्यो कारबाही गर भन्न मिल्दैन । प्रतिवेदन बुझाइसके पछि एन्फा केन्द्रको सिंगो कार्यसमितिले मात्र निर्णय गर्ने हो ।’

दुईवर्षको सम्पूर्ण हिसाब किताब हेर्ने गरी छानविन टोलीले छानविन शुरु गरेको थियो । तर बीचैमा छानविन समितिले मनकामना केवलबार पोखरा कप तथा फुटबल संघद्वारा सञ्चालित एकेडेमीको मात्रै आयव्यय विवरणको अनुसन्धान गरेको थियो । छानविन समितिले मनकामना केवलकार पोखरा कप, जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता, एकेडेमी सञ्चालनको आयव्यय विवरण, छात्र तथा छात्रा विद्यालयस्तरीय फुटबल प्रतियोगिता लगायतका गतिविधिको हिसाब किताबको छानविन गरेको हो ।

मनकामना केवलकार पोखरा कपको आयव्यय विवरण अनुसार २९ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । छानविन समितिले संघले सञ्चालन गरेको एकेडेमीबाट समेत डेढलाख बचत देखिएको जनाएको छ । छानविन समितिले १५ दिन भित्रमा प्रतियोगिताहरुको आयव्य सार्वजनीक गर्न, साधारण सभा गर्न लगाएका निर्देशन समेत दिएको खड्काले बताए । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष बीरबहादुर खड्कको संयोजकतवमा गठित छानविन समितिमा विष्णुप्रसाद पराजुली (अडिटर) र कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष आनन्द रन्जित थिए ।

कमेन्टहरु
Loading...