तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु

पोखरा, २९ पुस / पोखरा महानगरपालिका १० रामबजारमा तेस्रो संस्करणको अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ ।

रामबजार स्थित रेम्बो एकेडेमी होम्सको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एस एन ब्रदर्सले गोर्खा कम्पनीलाई २-१ गोलले हराउदै पहिलो जित निकालेको छ । मंगलबार भएको उद्घाटन खेलमा ब्रदर्सका रुपेश गुरुङले दुई गोल गर्दै टिमलाइ जित दिलाए ।

गुरुङले खेलको १८ औ मिनेटमा फ्रीकिकमा गोल गरे । त्यस्तै उनले खेलको ३८ औ मिनेटमा पुन फ्रीकिकमा नै गोल गर्दै टिमलाइ जित दिलाएका हुन । उनले व्यक्तिगत दोस्रो गोल गरे ।
निर्धा्रित ४० मिनेटको खेलको पहिलो हाफमा १-० गोलले अग्रता बनाएको ब्रदर्सले दोस्रो हाफमा सम्हालिन नसक्दा खेल बराबरीमा पुगेको थियो । खेल बराबरीमा गएपनि हार भने र्टयो ।

पहिलो हाफमा १ गोलले पछि परेको गोर्खा कम्पनीको लागी दोस्रो हाफमा क्याप्टेन बेल बहादुर गुरुङले हेड गोल गर्दै बराबरी बनाए । गोर्खाले पाएको कर्नरकिकको सदुपयोग गर्दै गोल गर्न सफल भएको थियो । उनले खेलको ३५ औ मिनेटमा गोल गर्दै बरबरी बनाए । गोर्खा खेलमा सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

प्रतियोगिताको दोस्रो खेलमा ब्रदर्स फुटबल क्लबलाई युनाइटेड फुटबल क्ल्बले टाइब्रेकरमा ३(१ गोलले हराउदै जित हात पारेको छ । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो खेलमा दुबै टोलिले पाएको अवसरको सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो । युनाइटेडको लागी टाइब्रेकरमा रवि गुरुङ, नारायण केसि र अमित गुरुङले गोल गरे भने ब्रदर्सको लागी अनुप थापाले एक गोल गरे ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै वडा नं. १० का वडा अध्यक्ष राजकुमार गुरुङले अमन गुरुङलाइ अमर राख्न प्रतियोगिता आयोजना गरिएको बताए । खेलको माध्यमबाट समाजलाइ सकरात्मक असर पर्ने हुँदा यस्ता प्रतियोगिता हुन आवश्यक रहेको उनले बताए ।  त्यस्तै वडा १५ वडा अध्यक्ष प्रकाश पौडेलले यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्ने बताउदै खेलले युवाहरूलाई समाज सेवा र विकासमा सहयोग पुग्ने धारणा राखे ।

सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुनले महासंघ गठन गर्दा निकै समस्या परेको धारणा राखे । ग्रामीण क्षेत्रको खेलाडिले फुटबल खेल्ने मौका पाउने लक्ष्यसाथ महासंघ गठन गरेको उनले बताए । यसरी प्रतियोगितामा सहयोग गर्न पाउँदा खुसी लागेको पुनले बताए । उनले पोखराको फुटबल विकासमा सहारा क्लबको महत्त्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद ज्ञापन समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा भ्याली स्पोर्ट्स क्लबका अध्यक्ष समर बहादुर श्रेष्ठ , उपाध्यक्ष मिना भण्डारी , महेश गुरुङ लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा इन्टेक ०६ विग्रेड अफ गोर्खाज यु.के, आयोजक र अन्य क्लब गरि १८ टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक संयोजक विश्व तण्डुकरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद रू एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन । यस्तै उत्कृष्ट खेलाडीले १२ हजार र सर्वा्धिक गोलकर्ताले ७ हजार रुपैयाँ पाउने छन् भने म्यान अफ दि म्याचले मोबाइल प्राप्त गर्ने छन ।

कमेन्टहरु
Loading...