नेपाल पुलिस क्लब १० औं पटक आहा रारा गोल्डकपको फाइनलमा

पोखरा, २८ फागुन / विभागीय टोली नेपाल पुलिस क्लबले १८ औं संस्करणको आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । साविक विजेता रुस्लान थ्री स्टारलाई ३–० ले हराउँदै नेपाल पुलिस क्बल १० औ पटक आहा राराको फाइनलमा प्रबेश गरेको हो । पुलिसको जितमा निरकुमार राईले २ र भरत शाहले १ गोलको योगदान दिए ।

बुधबारको पहिलो सेमिफाइनल खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । उनले खेलको आठौं मिनेटमा रवि पासवानको क्रस पासमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गरे ।

खेलको ५१ औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । थ्री स्टारका कप्तान बिक्रम लामाको गल्तीमा बल अघि बढाउदै गरेको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

६३ औं मिनेटमम अशोक खवासको क्रस पासमा सन्जोक राईको प्रहार गोलरक्षक रोशन खड्काले पञ्च गर्दै बचाए । तेज तामाङको पासमा अनमार्क रहेका निरकुमार राईले गोल गरेन पुलिसलाई ३–० गोलको अन्तरले पक्का बनाए ।

थ्रीस्टारले आहा राराको पाँचौ, नवौं, ११औं, १३ औं र १७ औं सस्करणको उपाधि उचालिसकेको छ । नेपाल पुलिस क्लबले पनि पहिलो, छैटौं, सातौं, आठौं, १६ औं सस्करणको उपाधि उचाली सकेको छ ।

पुलिसले अब फाइनलमा मनाङ मर्नास्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । मर्नास्याङ्दी र त्रिभुवन आर्मी क्लब बीचका दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ ।

कमेन्टहरु
Loading...