आहा राराः पहिलो हाफ सकिदा २–१ ले मनाङको अग्रता

पोखरा, २९ फागुन / आहा रारा गोल्डकपको १८ औं सस्करणमा दोस्रो सेमिफाईनलमा मनाङ मस्र्याङ्दीले आर्मी विरुद्ध अग्रता लिएको छ । विदेशी खेलाडी फ्लोरेन्टको गोलसँगै खेलको तेस्रो मिनेटमै अग्रता लिएको हो । शुशिल लामाको कर्नर पासलाई डिफेन्सको हेडिङ क्लियर नभएको बललाई अन्जन विष्टले क्रसपासलाई डिबक्सभित्रबाट फ्लोरेटन्टले जाली चुमाए ।

कर्नर अघि कप्तान कमल श्रेष्ठले हानेको फ्रिकिकलाई आर्मीले क्लियर गर्दै कर्नरको लागि अवसर दिएका थिए । अन्जन विष्टको पासमा विमल रानाले सेकेण्ड बार च्याप्दै गोल गरे । २८ औं मिनेटमा अर्को गोलको सम्भव हुदाँ पहिलो हाफ अघि नै आर्मी दुई गोलले पछि परेको थियो ।

आर्मी खेलमा फर्किने सम्भावना देखाउँदै गोल गरेको छ । पहिलो हाफ हुनु पाँचमिनेट अघि मात्रै आर्मीले भरत खवासको हेड टु हेड गोल गरे । उनको हेड ‘क्लियर गोल’मा आर्मीले अग्रता घटायो । ४० औं मिनेटमा जर्जप्रिन्स कार्कीको लामो क्रस पासलाई नवयुग श्रेष्ठले मिलाईदिएको हेडर पासलाई भरतले हेड गर्दै गोल गरेका थिए । आर्मीले आहा राराको संस्करणको उपाधि उचाल्ने अवसर पाएको छैन् ।

पटक पटक फाईनलमा पुगेपनि आर्मी उपविजेतामै चित्त बुझाउँदै आएको छ । मनाङ मस्र्याङ्दीले भने पाँच पटक उपाधि उचालिसकेको छ । सहाराको आयोजनामा पोखरा रंगशालामा भईरहेको आहामा यी दुईको भेट भने १४ औं सस्करणमा फाईनलमा भएको थियो । फाईनलमा मनाङले आर्मी विरुद्ध १–० गोलले पराजित गर्दै उपाधि उचालेका थियो ।

कमेन्टहरु
Loading...